काठमाडौँ । नेकपा माओवादी केन्द्रका तीन नेताले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फरक लिखित मत बुझाएका छन् । आजदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा उनीहरूले आफ्नो फरक मत राखेका हुन् ।
Advertisement
बैठकमा आफ्नो फरक मत दर्ज हुनु पर्ने भन्दै नेताहरू कृष्णबहादुर महरा, देव गुरुङ र लिलामणि पोखरेलले फरक मत प्रचण्डलाई पेश गरेका हुन् । उनीहरूले पार्टी निर्णय मान्ने तर, असहमति पनि दर्ता हुनु पर्ने भन्दै फरक मत बुझाएका हुन् ।
उनीहरुले एमसीसी व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णयबारे असहमति जनाउँदै आएका थिए । आजको बैठकमा प्रचण्डले एससीसीबारे बोलेपछि वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले बैठकमा आफ्नो लिखित असहमति पेस गरेका थिए ।