कैलाली– बिरगंजबाट लाइटर बोकेर महेन्द्रनगर आउदै गरेको ट्रकमा आगलागी भएको छ। बर्दिया र कैलाली जोड्ने पुर्व पश्चिम राजमार्ग चिसापानी अन्तर्गत कर्णाली पुलमाथि आइपुग्दा अचानक ना५ख ९२५७ नम्बरको ट्रकमा आगलागी भएको हो।
Advertisement
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार आगलागी अहिलेपनी जारी रहेको र निभाउने प्रयास भैरहेको छ। आगोको लप्काले पुलमा समेत क्षति पुगेको बताउदै डीएसपी चन्दले लम्किचुहा नगरपालिकाको दमकलले आगो निभाउने प्रयास भैरहेको बताए।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भैरहेको प्रहरीले बताएको छ।