काठमाडौं- लाइटर बोकेको एक ट्रकमा कर्णाली चिसापानी पुलमा आगलागी भएको छ।
Advertisement
आगोले पुलको लठ्ठामा पनि क्षति पुगेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रहरीका अनुसार उक्त ट्रक पूर्वबाट पश्चिमतर्फ जाँदै थियो। के कारणले ट्रकमा आगलागी भयो भन्ने खुल्न बाँकी छ। र, क्षतिको विवरण पनि आउन बाँकी छ।
बर्दिया र कैलाली जोड्ने पूर्व-पश्चिम राजमार्ग चिसापानीअन्तर्गत कर्णाली पुलमाथि आइपुग्दा अचानक ट्रकमा आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आगलागी अहिले पनि जारी छ र निभाउने प्रयास भइरहेको छ।
आगोको लप्काले पुलमा समेत क्षति पुगेको छ। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी घटनास्थलमा भए पनि दमकल नपुग्दा आगलागी नियन्त्रणमा आउन सकेको छैन।