काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १२६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आठ हजार ९३३ जनाको नमूना परीक्षण गर्दा १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
Advertisement
सोही अवधिमा देशभर ३८५ जना कोरोनाबाट संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज एक जना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर कूल सात हजार २४२ सक्रिय संक्रमित रहेका छन् ।