मनिष अर्याल
Advertisement
काठमाडौँ । भक्तपुरका इँट्टा भट्टामा पछिल्लो समय धमाधम काम भइरहेको छ । कोही इँट्टा बनाउँदै छन् । कोही इँट्टा मिलाउँदै छन् । आफूले पाएको जिम्मेवारी पूरा गर्न उनीहरूले आफ्नो भोक प्यास बिर्सेका छन् ।

आर्थिक उपार्जन गर्न अन्य विकल्प नदेखेपछि इँट्टा भट्टामा काम गर्न आइपुगेका कामदारहरू बिहानैदेखि काममा खटिन्छन् । काममा महिला–पुरुष मात्रै होइन बालबालिका समेत सम्लग्न भएका छन् ।

देशको राजधानी काठमाडौँसहित उपत्यकाका जिल्लाहरूमा तीव्र रुपमा सहर विस्तार भइरहेको छ । जसका कारण इँट्टाको माग बढ्दो छ ।






