काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमलले पदाधिकारी चयन गरेका छन् । उनले आज १६ जनालाई पदाधिकारीमा चयन गरेका हुन् ।
थापाले छ जनालाई उपाध्यक्ष बनाउँदा चार जनालाई महामन्त्री बनाएका छन् । यस्तै, अन्य छ जनालाई सहायक मन्त्री बनाएका छन् ।
थापालाई आफ्नो पार्टी दिएर अध्यक्ष बनाएका लाक्पा तामाङ उपाध्यक्ष बनेका छन् । यसअघि यो पार्टीको अध्यक्ष लाक्पा रहेका थिए । यस्तै, राजीव पराजुली, उद्धव पौडेल, जयकुमार खड्का, राजेन्द्र वीर राय, डा. विष्णु भण्डारीसमेत उपाध्यक्षमा चयन भएका छन् ।
यसैगरी महामन्त्रीमा भास्कर भद्रा, सुशिल श्रेष्ठ, इन्द्र चित्रकार र राजाराम बर्तौला मनोनित भएका छन् । सहायक महामन्त्रीमा हरिकृष्ण श्रेष्ठ, धरम गुरुङ, अम्बिका प्रसाद ढकाल, शिव कुमार बास्तोला, ममता राई र शशिरञ्जन यादव चयन भएका छन् ।
यसअघि फागुन १५ गते थापाले छ जनालाई पदाधिकारीमा मनोनयन गरेका थिए । यससँगै राप्रपा नेपालमा पदाधिकारी संख्या अध्यक्षसहित २३ जना पुगेको छ ।