काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसिसी पास गर्दा गरिएको व्याख्यात्मक टिप्पणीलाई मुतको न्यानो थाङ्नो मात्रै भएको बताएका छन् ।
Advertisement
विराटनगर विमान स्थलमा पत्रकारसँग कुरा गर्दै उनले व्याख्यात्मक टिप्पणीको कुनै अर्थ नभएको समेत दाबी गरे । ‘व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नोबाहेक केही होइन,’ उनले भने, ‘त्यो थाङ्नोमा अहिले साथीहरू सुत्नु भएको छ ।’
प्रकृया नै पूरा नगरी एमसिसी पास गर्नु देशका लागि हानिकार हुने बताउँदै विस्तारै परिणाम देखिने दाबी गरे । एमसिसीका कारण पार्टीहरू भित्रसमेत विरोध हुँदै आएको उनले बताए ।