काठमाडौँ । काठमाडौँ महानगरपालिका ६ सरस्वती नगरमा बा ६४ प १३९६ नं को मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित भई पैदल यात्रीलाई समेत ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
Advertisement
दुर्घटनामा मोटरसाइकल चालक आरुबारी बस्ने ओखलढुंगा घर भएका ३० वर्षीय शिवराज कार्की र पैदल यात्री गोपीकृष्ण बस्ने ओखलढुंगा हर्कपुर गाउँपालिकाका दुर्गाबहादुर कार्कीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
गएराति भएको दुर्घटनामा गम्भीर घाइते भएका शिवराजको हेल्पिङ ह्याण्ड अस्पताल चावहिलमा र दुर्गाबहादुरको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।