• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन १३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

हसिनाको स्वदेश फर्किने घोषणा

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ४. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ५. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ६. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

दाङ क्रिकेट लिग- फाइनल दौडबाट बाहिरिए देउखुरी र पुरनधारा


बिहिबार, फागुन १७, २०८० मा प्रकाशित

दाङ– दाङको घोराहीमा जारि नेपाल टेलिकम दाङ क्रिकेट लिग(डीसीएल) अन्तर्गत बिहिबार सम्पन्न दुई खेलमा तुलसीपुर रोयल्स र दंगाली लायन्स विजयी भएका छन्। तुलसीपुरले देउखुरी वारियर्सलाई तथा दंगाली लायन्सले पुरनधारा च्यालेन्जर्सलाई पराजित गर्यो। आजको हारसंगै एक खेल खेल्न बाँकी रहँदै देउखुरी र पुरनधाराको फाइनल पुग्ने सम्भावना समाप्त भएको छ।

Advertisement

घोराही क्रिकेट रंगशालामा सम्पन्न खेलमा तुलसीपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको देउखुरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०० रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा देउखुरीका नारायण जोशीले सर्वाधिक ३० रन योगदान दिए भने प्रज्वल थापाले १४ तथा आशिष ओलीले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

तुलसीपुरको बलिंगमा भुवन कार्की, अमर सिंह रौटेला र दिवान पुनले समान २ विकेट लिए। रुपेश सिंह र नविन बिकले १/१ विकेट लिए।

अलराउण्ड प्रदर्शन गरेका रुपेश सिंह खेलको प्लेयर अफ द म्याच घोषित भए।

यस अघि टस जितेर ब्याटिंग गरेको तुलसीपुर रोयल्सले २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनायो।

तुलसीपुरको लागि रुपेश सिंहले सर्वाधिक ४३ रन बनाए जुन क्रममा उनले २९ बलमा २ चौका र ३ छक्का प्रहार गरे। यस्तै बिराट सिंह भण्डारीले ३५ बलमा ६ चौका मद्दतले ३० रन बनाए। दिवान पुनले १५, अमर सिंह रौटेलाले ११ तथा भुवन कार्कीले १० रनको योगदान दिए।

बलिंगतर्फ देउखुरी वारियर्सको लागि सुभम खनालले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २४ रन खर्चिए। आशिश ओलीले २ तथा आवाज गौतमले १ विकेट लिए।

आजको दोश्रो खेलमा दंगाली लायन्सले पुरनधारा च्यालेन्जर्सलाई ७५ रनले पराजित गर्यो। दङ्गालि लायन्सले दिएको १५० रनको लक्ष्य पछ्याएको पुरनधाराले १७.५ ओभरमा ७४ रन मात्र बनायो।

पुरनधाराको ब्याटिंगमा कृष्ण कार्कीले सर्वाधिक २७ तथा दिपेन्द्र रावतले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पुरनधारालाई सानो योगफलमा समेट्न दंगाली लायन्सका बलर बसिर अहमदले सर्वाधिक ३ विकेट लिए जो प्लेयर अफ द म्याच घोषित भए। राष्ट्रिय क्रिकेटर समेत रहेका बसिरले ४ ओभरमा १३ रन मात्र खर्चिए। यस्तै कप्तान बिपिन खत्री, बिर बहादुर घर्ति मगर र शंकर रानाले २/२ विकेट लिए। प्रकाश जैसीले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरको दंगाली लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनायो।

ब्याटिंगतर्फ दंगालीको लागि सन्तोष कार्कीले सर्वाधिक ३० रन बनाए जुन क्रममा २२ बलमा ५ चौका प्रहार गरे। यस्तै अंकित बुढा मगरले २८ रन, बिपिन खत्रीले २४, शिशिर डाँगीले २१, बसिर अहमदले १७ तथा शंकर रानाले १२ रन योगदान दिए।

बलिंगतर्फ पुरनधाराका कृष्ण कार्की र सुजल ओलीले समान ३ विकेट तथा दिपेन्द्र रावत र मोहन खत्रीले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत शुक्रबार हुने दुई खेलले फाइनल पुग्ने दुई टिम पक्का हुनेछ। भोलिको पहिलो खेलमा विहान ९:३० बजे दंगाली लायन्स र देउखुरी वारियर्स तथा दिउँसो १:३० बजेको दोश्रो खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स प्रतिस्पर्धा गर्नेछन्।

आजको जित पछि तुलसीपुर तिन वटै जितको साथ ६ अंक सहित शिर्ष स्थानमा छ। यस्तै दंगाली लायन्स र घोराही टाइगर्स समान ४ अंक रहेता पनि नेट रन रेटको आधारमा दोश्रो र तेश्रो स्थानमा छ। पुरनधाराले सबै ४ खेल खेल्दा २ अंकको साथ चौंथो स्थानमा छ भने एक खेल खेल्न बाँकी हुँदा देउखुरी अंकविहिन रहँदै पाँचौ स्थानमा छ।

दाङ क्रिकेट संघद्वारा आयोजित प्रतियोगितामा पाँच फ्रेन्चाईज टोली सहभागी छन् । जसमा सुशान्त सिंह थापा कप्तान रहेको घोराही टाइगर्स, विशाल विक्रम केसी कप्तान रहेको देउखुरी वारियर्स, मोहन खत्री कप्तान रहेको पुरन्धारा च्यालेन्जर्स, दिवान पुन कप्तान रहेको तुलसीपुर रोयल्स तथा विपिन खत्री कप्तान रहेको दंगाली लायन्स रहेका छन्।

प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। लिगको उत्कृस्ट ब्याटर, बलर तथा उदयमान खेलाडीले समान १०/१० हजार प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ दी म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ
उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी
मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति
विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

भर्खरै

  • १.
    नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

  • २.
    उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

  • ३.
    मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

  • ४.
    विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

  • ५.
    नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • ६.
    राष्ट्रपति पौडेलसँग सभापति लामिछानेको भेट

  • ७.
    अफगानिस्तानमा चार महिनामा वर्षा जन्य प्रकोपका कारण ३५१ जनाको मृत्यु, ४३६ घाइते

  • ८.
    कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.