• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

बीएस-१५ र इलाइट युवा क्लब सेमिफाइनलमा


बुधबार, पुष ११, २०८० मा प्रकाशित

काठमाडौं- कैलालीको धनगढीमा जारी छैटौं फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

Advertisement

बुधवार भएका अन्तिम २ क्वाटर फाइनल खेलमा बीएस-१५ युवा क्लब र इलाइट युवा क्लबले जित निकालेपछि अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। स्टार सिटी र आयोजक फारवेस्ट पशुपति युवा क्लब यसअघि नै सेमिफाइनल पुगिसकेका छन्।

बुधबारको पहिलो तथा तेस्रो क्वाटर फाइनल खेलमा बीएस १५ युवा क्लबले सुदूरपश्‍चिम ११ स्पोर्ट्स क्लबलाई २-१ गोल अन्तरले पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो। बीएसको जितमा हरिस कडायत र विदेशी खेलाडी ग्लोरीले १-१ गोल गरे। खेलको १३ औँ मिनटमा हरिस कडायतको गोलमार्फत अग्रता बनाएको बीएसका विरुद्ध सुदूरपश्‍चिमका फागुराम चौधरीले त्यसको ४ मिनटपछि गोल फर्काएर खेल बराबरीमा ल्याए। पहिलो हाफ १-१ को बराबरीमा सकिँदा दोस्रो हाफको २० औँ मिनटमा इलाइटका विदेशी खेलाडी ग्लोरीले गरेको गोल निर्णायक भयो। खेलको म्यान अफ दी म्याच हरिस कडायत चुनिँदा उनले नगद ५ हजार पुरस्कार र ट्रफी प्राप्त गरे।

बुधवारको दोस्रो र अन्तिम क्वाटर फाइनल खेलमा इलाइट युवा क्लबले नेपाल प्रहरी सुदूरपश्‍चिम प्रदेशमाथि ५-१ गोल अन्तरको फराकिलो जित दर्ता गर्‍यो। इलाइटलाई जिताउन हरिस भट्टले ह्याट्रिक गरे। उनले खेल शुरु भएको १० औँ मिनटमै पहिलो गोल गरेर टिमलाई उत्साहतर्फ अघि बढाउँदा त्यसको १ मिनटपछि ११ औँ मिनटमा अर्को गोल गर्ने अवसर बनाए।

खेलको ३५ औँ मिनटमा टिमलाई विनोद केसीले थप एक गोलको योगदान गरेपछि पहिलो हाफमा नेपाल प्रहरीको टिम ३-० गोल अन्तरले पछि पर्‍यो। दोस्रो हाफको ९ औँ मिनटमा विनोदले आफ्नो ह्याट्रिक पूरा गरे। दोस्रो हाफको २० औँ मिनटमा इलाइटका अनुज गैरेको गोलमार्फत फराकिलो अग्रता बनाएको टिमविरुद्ध नेपाल प्रहरीका सुरज महतोले दोस्रो हाफको २२ औँ मिनटमा १ गोल फर्काए पनि त्यसपछिको खेल गोलरहित सकिँदा इलाइट फराकिलो जितसहित सेमिफाइनल पुगेको हो। खेलको म्यान अफ दी म्याच ह्याट्रिक ब्वाय विनोद घोषित भए। उनले नगद ५ हजार पुरस्कार र ट्रफी प्राप्त गरे।

प्रतियोगितामा बिहीबार सेमिफाइनलका खेल हुनेछन्। पहिलो सेमिफाइनलमा स्टार सिटी र बीएस १५ मध्यान्ह १२ बजे आमनेसामने हुनेछन् भने दोस्रो सेमिफाइनलमा दिउँसो २ बजे आयोजक फारवेस्ट पशुपति युवा क्लब र इलाइट युवा क्लब भिड्नेछन्। शनिबार फाइनल खेल हुने छ।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पुरस्कार पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५-१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेस्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए। प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन्। प्रतियोगिताको मुख्य प्रबर्द्धकमा सुदूरपश्‍चिम प्रदेश खेलकुद परिषद् छ भने मुख्य प्रायोजकमा एनआरएनए छ।

बुधबार, पुष ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची
भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान
तीजको कोसेलीः कर्णालीको स्याउ

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.