• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

सुदूरपश्‍चिमको पर्यटनमा लगानी गर्न प्रदेश सरकारको आह्वान


सोमबार, पुष ०९, २०८० मा प्रकाशित

काठमाडौं– सुदूरपश्‍चिम सरकारले प्रदेशमा पर्यटनका प्रचुर सम्भावना भएकोले लगानी गर्न आह्वान गरेको छ। काठमाडौंमा सोमबार सुदूरपश्‍चिम लगानी तथा विकास सम्मेलन र पर्यटन व्यवसायीको भूमिका विषयमा भएको अन्तर्क्रिया कार्यक्रममा प्रदेश सरकारले लगानीको वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको हो।

Advertisement

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधि सभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले सुदूरपश्‍चिम प्राकृतिक स्रोत, संस्कृति तथा भेषभुषामा सम्पन्‍न भएको उल्लेख गर्दै भौतिक पूर्वाधारको विकास भइरहेको बताइन्। उनले थपिन्, ‘सुदूरपश्‍चिममा प्रचुर सम्भावना छ र अब लगानीकर्तालाई सुरक्षित महसुस गराउने गरी वातावरण बनाउन प्रदेश सरकारले पहल गर्नुपर्छ।’

उनले सुदूरपश्‍चिमको पर्यटन विकासमा नेपाल पर्यटन बोर्डले पनि पिछडिएको र कम प्रचार भएको क्षेत्रको पर्यटन प्रबर्द्धनमा जोड दिनुपर्ने बताएकी हुन्। उनले थपिन्, ‘दीगो पर्यटन विकासका लागि समुदायमा आधारित पर्यटन विकासलाई जोड दिनुपर्दछ। यसका लागि हामीले स्थानीय समुदायमा जनचेतना जगाउने र उनीहरुलाई पर्यटन क्षेत्रबाट आम्दानी गर्न सकिन्छ भन्‍ने बुझाउन जरुरी छ।’

कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्‍चिममा जन्मिएर देश र विदेशमा विभिन्‍न पद र ओहदामा बसेकाहरुले आफ्नो अनुभव, बौद्धिक, भौतिक, आर्थिक लगानीलाई सुदूरपश्‍चिममा लगानी गर्न आह्वान गरेका छन्। उनले भने, ‘अब सुदूरपश्‍चिममा सम्भावनाका ढोका खुलिसकेका छन्। हामीसँग ठूलो बजार छ। हामी नीतिगत र कानुनी अड्चन फुकाउने र लगानीको लागि वातावरण निर्माण गर्छौं र तपाईंहरु आएर लगानी गरिदिनुस्।’

त्यसैगरी सुदूरपश्‍चिमका पर्यटनमन्त्री रमेश धामीले संघ सरकारले सुदूरपश्‍चिममा लगानी गर्नुपर्छ भन्‍ने महसुस गर्न नसकेकोप्रति दु:ख व्यक्त गर्दै निजी क्षेत्रलाई लगानीका लागि आह्वान गरेका छन्। उनले भने, ‘सुदूरपश्‍चिममा लगानी गर्न सरकारी निकाय तयार हुनुपर्छ अनि निजी क्षेत्रलाई आकर्षित गर्न सकिन्छ। हामीले दक्ष जनशक्ति उत्पादनका लागि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) सुदूरपश्‍चिममा स्थापना गर्ने गरी काम अघि बढाइसकेका छौं। अब लगानीकर्ताले डराउनुपर्ने स्थिति छैन, ढुक्क भएर लगानी गर्नुस्।’

लगानी बोर्डका सीईओ शुशिल भट्टले सरकारले लगानी सम्मेलन गर्न लागेको उल्लेख गर्दै प्रदेशलाई आफ्ना योजनाहरु प्रस्तुत गर्न आग्रह गरेका छन्। लगानी बोर्डले प्रदेश सरकारले ल्याएका योजनाहरूलाई स्वकेश गराउन सहयोग गर्ने र अन्य परियोजनाहरुमा पनि लगानी गर्न आग्रह गरे।

त्यसैगरी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले आन्तरिक लगानीलाई मात्रै पनि परिचालन गर्न सकेको अवस्थामा सुदूरपश्‍चिमको पर्यटन विकासका लागि धेरै समय नलाग्‍ने बताए। उनले प्रदेश सरकारले नीति निर्माण गर्दा लगानी आउने वातावरणलाई खुकुलो बनाएर अघि बढ्नुपर्नेमा उनले सुझाव दिए।

नेपाल नदी संरक्षक मेघ आलेले कर्णालीको सभ्यतालाई जोगाएर पर्यटन प्रबर्द्धन गर्न आग्रह गरे। युरोपियन युनियन व्यापार तथा लगानी कार्यक्रमको सहकार्यमा भएको कार्यक्रममा बोल्दै ईयूको वरिष्ठ अधिकृत मिम हमालले पर्यटन प्रबर्द्धनका लागि ईयूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

त्यसैगरी पर्यटन व्यवसायी दिनेश भण्डारीले सुदूरपश्‍चिममा पर्यटन विकासको सम्भावना र चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए। त्यसैगरी सुदूरपश्‍चिम प्रदेश लगानी तथा विकास सम्मेलन पर्यटन उपसमिति संयोजक अमरबहादुर शाहीले पर्यटनको सम्भावना बोकेको सुदूरपश्‍चिममा लगानी गर्न आग्रह गरेका हुन्।

कार्यक्रममा होटल व्यवसायी संघका अध्यक्ष विनायक शाह, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देश हिक्मत सिंह ऐरी, नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानिरु शेर्पा, टानका अध्यक्ष निलहरी बास्तोला, र्‍याफ्टिङ एसोसियसन नेपालका अध्यक्ष शिव अधिकारी, नाटाका महासचिव शिवराज पाण्डे, टुटलका सीईयो शिक्षित भट्टलगायत पर्यटन व्यवसायीहरुले सुदूरपश्‍चिमको पर्यटन विकासका लागि गुरुयोजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिएका छन्।

सोमबार, पुष ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची
भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान
तीजको कोसेलीः कर्णालीको स्याउ

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.