• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

फारवेष्ट पशुपति कप सुरुः साविक विजेता स्टार सिटीको जित


शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित

काठमाडौं- एनआरएनए छैठौं फारवेष्ट पशुपति कप २०८० फुटबल प्रतियोगिता आजदेखि धनगढीमा सुरु भएको छ । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा छैठौं फारवेष्ट पशुपति कप २०८० धनगढी रंगशालामा सुरु भएको हो ।

Advertisement

प्रतियोगिताको उद्घाटन खेलमा जित हात पार्दै साविक विजेता स्टार सिटी क्वाटरफाईनल प्रवेश गरेको छ । उद्घाटन खेलमा पुर्नवास नगरपालिका खेलकुद विकास समितिलाई २–० ले किनारा लगाउँदै स्टार सिटीले अघिल्लो चरणको यात्रा तय गरेको हो ।

स्टार सिटीको जितमा विनोद केवत र कप्तान कुवेर सिंहले एक एक गोल गरे । विनोदले दोस्रो हाफको ५ मिनेटमा गोल गर्दै अग्रता दिलाए । अतिरिक्त समयमा कुवेर दोस्रो गोल गर्दै स्टार सिटीलाई जित दिलाए । खेलमा एक गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका स्टार सिटीका कप्तान कुवेर सिंह नै म्यान अफ द म्याच भए । उनले नगद ५ हजार सहित ट्रफी पाएका छन् ।

प्रतियोगिता अन्तर्गत भोली शनिवार पहिलो खेल ईलाईट युवा क्लब र अलस्टार स्पोर्टस एकेडेमी तथा दोस्रो खेल टेकवहादुर चोखाल फाउण्डेसन र घोडाघोडी क्लब बीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल साढे २ बजे धनगढी रंगशालामा हुनेछ । पुस १४ गतेसम्म धनगढी रंगशालामा हुने प्रतियोगितामा १५ टीमको सहभागी रहेको छ ।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए । प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् ।

प्रतियोगिताको सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साँवदले उद्घाटन गरेका थिए । फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतको अध्यक्षतामा भएको उदघाटन समारोहमा विभिन्न क्षेत्रमा योगदान पुराएका चार जनालाई सम्मानित गरिएको छ ।

सम्मानीत हुनेमा शिक्षा क्षेत्रमा योगदान पुराएको भन्दै नाष्ट कलेजका प्रमुख शिवहरी मुडभरी, स्वास्थ्य क्षेत्रमा योगदान पुराएको भन्दै सेती प्रादेशिक अस्पतालमा कार्यरत फिजिसियन डाक्टर निराजनदत्त शर्मा पौडेल, खेल क्षेत्रमा योगदान पुराएको भन्दै फुटबल प्रशिक्षक लालवहादुर खड्का र समाज सेवा तथा रक्तदान गरी योगदान पुराएको भन्दै पत्रकार दिपक उपाध्याय नेपाललाई सम्मान गरिएको हो ।

 

शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची
भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान
तीजको कोसेलीः कर्णालीको स्याउ

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.