• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

सुदुरपश्चिम महोत्सव: भाइचारा, व्यवसाय र स्थानीय संस्कृति जोगाउदै


बुधबार, पुष ०४, २०८० मा प्रकाशित

काठमाडौं– बिगत १६ बर्षदेखी प्रत्येक महिनाको २२ मंसिरदेखी आयोजना हुँदै आएको “सुदुरपश्चिम महोत्सव” को १७ औं संस्करण ५ पौषमा समापनको तयारी गरिएको छ। समापन समारोहलाई भव्य बनाउन महोत्सव आयोजक कैलाली उद्योग बाणिज्य संघ तम्तयार भएर लागेको छ।

Advertisement

“समृद्ध सुदुरपश्चिमका लागि आर्थिक समृद्धि” भन्ने मुलनाराका साथ कैलाली उद्योग बाणिज्य संघले २०६३ सालदेखी मनाउदै आएको “सुदुरपश्चिम महोत्सव”ले यहाँको कला, संस्कृतिको जगेर्ना गर्नुका साथै लुकेर रहेका प्रतिभाहरुको प्रस्फुटन समेत गरेको वरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मीले बताए। कतिपय कलाकारको जन्मनै यहीँ महोत्सवले गरेको बताउदै वरिष्ठ देउडा गायक रेग्मीले आफ्नो कला प्रस्तुत गर्न महोत्सव कुर्ने गरेको बताए।

“सुदुरपश्चिम महोत्सव” वास्तवमै महामहोत्सव साबित हुँदै गएको यहाँ प्रस्तुति दिने नयाँनयाँ कलाकारबाट नै प्रष्ट हुने बताउदै वरिष्ठ देउडा गायक रेग्मीले महोत्सवमा विद्यालय स्तरीय नृत्य तथा गायन प्रतियोगिताबाट नै नयाँनयाँ कलाकारहरुको जन्म भैरहेको बताए। महोत्सवमा राष्ट्रिय तथा स्थानीय गरि करिब डेडसय कलाकारले प्रस्तुति दिएका छन।

“सुदुरपश्चिम महोत्सव” रमाइलो गर्ने थलो मात्रै नभएर बर्षौ भेटघाट नभएका साथीभाइ, इष्टमित्र तथा आफन्तहरुको भेटघाट गर्ने थलोको रुपमा समेत परिचीत हुँदै आएको धनगढी उपमहानगरपालिका ६ का बयोबृद्ध मानसिंह बिष्टले बताए। उनले आफुले करिब १४ बर्षपछी संगै काम गरेको साथी महोत्सवमै भेटाउदा दुबैजना दंग परेको बताए। उनले महोत्सवमा आफुहरू घंटौ समय भलाकुसारी गर्दै बिताएको स्मरण गरे।

देशमै व्यापार व्यवसायमा सुस्तता छाएको समयमा व्यवसायीको आशाको केन्द्रनै देशका विभिन्न ठाउँमा आयोजना हुने मेला महोत्सव हुने गरेको बुटवलबाट यहाँ स्टल राखेर व्यवसाय गरिरहेकि मन्जु रेग्मी गौतमले बताइन्। उनले महोत्सवमा अन्य बर्षको तुलनामा यो बर्ष उल्लेख्य रुपमा कारोबार भएको बताइन्।

त्यस्तै, महोत्सवमा कपडा तथा जुत्ताको स्टल राखेर कारोबार गरिरहेका राकेशले पनि गौतमले जस्तै व्यापारबाट आफू सन्तुष्ट भएको बताए। महोत्सवमा स्टल राखेका सबैजसो व्यवसायीहरू यो बर्षको महोत्सवमा भएको कारोबारलाई लिएर दंग थिए।

महोत्सव २२ मंसिरबाट शुरु भइ २ पौषमा समापन गर्ने भनिएपनी दर्शकको अत्याधिक मागका कारण ३ दिन थप गरिएको कैलाली उद्योग बाणिज्य संघले यसअघि नै जनाइसकेको छ।

२०६३ सालमा महोत्सव शुरु गर्दा विभिन्न २२ ओटा मागहरू राखी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ किलोको माला लगाइएको थियो। बिस्तारै केही मागहरू पूरा हुदै गएको संघका अध्यक्ष पुष्पराज कुवरले बताए।

करिब ५ लाखले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा दर्शकको चाप हेर्दा त्यो संख्या बढ्न सक्ने अध्यक्ष कुवरले बताए। उनले करिब २० करोडको कारोबार हुने अनुमान समेत बढ्न सक्ने बताए।

बुधबार, पुष ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची
भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान
तीजको कोसेलीः कर्णालीको स्याउ

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.