• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

महिनावारी हुँदा यस्ता कुरामा दिऊँ ध्यान


बुधबार, पुष ०४, २०८० मा प्रकाशित

काठमाडौं- सामान्यतया किशोरीवयमा प्रवेश गरेपछि महिनावारी चक्र शुरु हुन्छ। यो एक प्राकृतिक प्रक्रिया हो।

Advertisement

हरेक महिलामा महिनावारी हुने अवधि फरक-फरक हुन्छ। जस्तै- कुनै महिलाको महिनावारी २८ दिनमा भयो भने अर्कीको २६ दिनमा पनि हुन सक्छ। कसै-कसैमा ३२ देखि ३४ दिनसम्म पनि हुन सक्छ। हामीले २६ दिनदेखि ३५ दिनसम्म हुने महिनावारीलाई नर्मल मान्छौं। कुनै महिला आत्तिएर मेरो ४-५ दिन नाघ्यो भन्‍छन्। तर, आत्तिनुपर्दैन, ३५ दिनसम्म हामी त्यसलाई नर्मल नै मानिन्छ।

कुनै महिलाको रक्तश्राव निकै कम हुन्छ भने कसैको २-३ दिनमै रोकिन्छ। कसैलाई अति रक्तश्राव हुन्छ। कोही अति दुखाइले अस्पताल पनि पुग्छन्। रक्तश्राव हुँदा एकदम गन्ध आउने, बान्ता हुने, खाना नरुच्‍ने हुन्छ। यो समयमा रिंगटा लाग्‍ने पनि हुन सक्छ।

महिनावारीको क्रममा महिलाले सरसफाइमा विशेष ध्यान दिन आवश्यक छ। महिनावारी हुँदा प्रयोग गरिने प्याडदेखि सरसफाइका क्रममा ध्यान नदिँदा यसले विभिन्‍न रोगको जोखिम पनि निम्त्याउन सक्छ।  सरसफाइमा ध्यान नदिए कीटाणु पाठेघरमा जान सक्छ, जसले इन्फेक्सन हुन सक्छ। त्यसैले महिनावारीको समयमा सरसफाइमा धेरै ध्यान दिनुपर्छ भनिएको हो। महिनावारीको समयमा सरसफाइमा ध्यान दिँदा प्रजनन् स्वास्थ्यमा पनि फाइदा पुग्छ। विभिन्‍न रोग लाग्‍नबाट बच्‍न सकिन्छ।

यसकारण महिनावारी हुन्छ अनियमित

शरीरमा हुने विभिन ग्रन्थीबाट उत्पादन हुने हर्मोनको तालमेलपछि महिनावारी शुरु हुन्छ। थाइराइड, हर्मोनको समस्या, परिवार नियोजनका साधनको प्रयोग, रगतसम्बन्धी रोग, अण्डाशय, पाठेघरसम्बन्धी समस्या, मोटोपन, तनाव, डाइटिङ गर्ने महिलामा महिनावारी अनियमित हुन सक्छ। त्यसैगरी, अस्वस्थकर जीवनशैलीले पनि महिनावारी अनियमित हुन्छ। जंकफुड बढी खाँदा पनि शरीरमा तौल बढ्ने र महिनावारी अनियमित हुने गर्छ। अनियमित महिनावारी भइरहँदा मानसिक तनाव बढ्ने हुन्छ।  धेरै रगत बगिरहेमा शरीरमा रगतको कमी भई रक्तअल्पता हुन्छ। कतिपयलाई सन्तान जन्माउन पनि गाह्रो हुन सक्छ। यस्ता समस्यालाई बेवास्ता गरिरहे क्यान्सरसमेत हुन सक्ने जोखिम रहन्छ।

कस्ता कुरामा ध्यान दिने

– महिनावारी हुँदा सरसफाइमा धेरै ध्यान दिनुपर्छ
– दुईदेखि तीन घण्टाभित्रमा प्याड परिवर्तन गर्ने
– कपडाको प्याड प्रयोग गरिएको छ भने राम्रोसँग धुने।  लामो समय एउटै कपडा प्रयोग नगर्ने।
– सफा पानीले नियमित रूपमा यौनांग सफा गर्ने
– धेरै दुखाइ छ भने आराम गर्ने
– महिनावारी हुँदा पेट, कम्मर दुखेमा हटवाटर ब्यागले दुखेको भागमा सेक्ने
– प्रशस्त मात्रामा पानी पिउने
– महिनावारी हुँदा तरल पदार्थ बढी सेवन गर्ने र नियमित रूपमा आइरन, भिटामिन र पोषणयुक्त खानेकुरा खाने
– धेरै दुखाइ, वाकवाकी हुनेलगायत समस्या देखिएमा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्ने
– नियमित व्यायाम गर्ने
– धेरै तनाव नलिने
– महिनावारी हुँदा धेरैजसो महिलालाई पेट दुख्‍ने, वाकवाकी लाग्‍ने समस्या हुन्छ।  शरीरबाट रगत बग्‍ने हुँदा प्रशस्त मात्रामा पानी पिउने, झोलिलो तथा पोषिलो खानेकुरा खानुपर्छ।

के खाने, के नखाने ?

महिनावारीको समय अल्कोहलको सेवन गर्नुहुँदैन। यसले विभिन्‍न समस्या सिर्जना गर्न सक्छ। जस्तो- यसले शरीरमा इस्ट्रोजेनको लेभल बढाउने काम गर्छ, जसकारण महिनावारी अनियमित हुन सक्छ।  चिया-कफीको सेवन पनि कम गर्नुपर्छ। किनकि, यसमा क्याफिनको मात्रा अधिक पाइन्छ, जसले महिनावारीमा हुने दुखाइलाई बढाउँछ र मुड स्विङ गराउँछ। राम्रो निद्रा नलाग्‍न सक्छ।

अत्यधिक चिनीको सेवनबाट पनि बच्‍नुपर्छ। चिनीले पनि पेट दुखाउँछ।  त्यसैले, केक, कुकिज नखाँदा राम्रो हुन्छ। अत्यधिक चिल्लो खानेकुरा कम गर्नुपर्छ।  जस्तो- बोसोयुक्त मासु। यस्ता खाद्यान्‍नको सेवनले पेट सुन्‍निन सक्छ। यसको साटो तपाईं चिल्लो कम भएका खानेकुरा लिन सक्नुहुन्छ।  जंकफुड नखाने, यसले पेट गडबड गर्न सक्छ। फलफूल प्रशस्तै खानुपर्छ।

(सशस्त्र प्रहरी अस्पतालका फिजिसियन डा. रोशन झासँग गरिएको कुराकानीमा आधारित)

बुधबार, पुष ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टाउको दुखिरहन्छ ? यसो गर्नूस्
यी हुन् चिसोमा सताउने रोग
मकै : स्वाद मात्र होइन, शरीरलाई ऊर्जा पनि !
गुनी सख्खरका गुनै गुन !
कोलोन क्यान्सरबाट बचौं !
पहिले ऋण चुक्ता कि लगानी ?

भर्खरै

  • १.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • २.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ३.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ४.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ५.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ६.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ७.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८.
    विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.