• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ २९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आज कति छ भाउ डलर-युरो, रियाल-पाउन्डको ?

विश्‍व घटना : लिबियाको बाढीमा मारिए २० हजार

राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

स्रोत नखुलेको नगदसहित पक्राउ

जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

गठबन्धन कायम राखेर एमसिसीलाई निष्कर्षमा पुर्‍याउन माओवादी तयार


शुक्रबार, फागुन १३, २०७८ मा प्रकाशित

काठमाडौं- नेकपा(माओवादी केन्द्र)ले सत्तारुढ गठबन्धनलाई कायम राख्दै अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौतालाई निष्कर्षमा पुर्‍याउनुपर्ने निर्णय गरेको छ । गठबन्धन नै कायम नरहने अवस्थामा भने पार्टीले नयाँ नीति तय गर्ने भएको छ ।

Advertisement

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आज बसेको माओवादीको उपलब्ध पूर्वस्थायी समिति सदस्यको अनौपचारिक बैठकले संविधानको रक्षार्थ गठन भएको गठबन्धनलाई भत्काएर जाने कुरा देश र जनताको हितमा नहुने भएकाले त्यसलाई कायम राख्नुपर्नेमा जोड दिइएको छ ।

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले लगातार अवरोध गरिरहेको अवस्थामा महत्वपूर्ण विषयमा समेत छलफल हुन सकेको छैन । यस्तो अवस्थामा एमसिसी सम्झौताका केही प्रावधानमा पार्टीको अझै पनि फरक मत रहे पनि राष्ट्रिय आवश्यकताले गठबन्धन कायम राख्नुपर्नेमा अधिकांश नेताहरुले जोड दिनुभएको थियो ।

माओवादीका तर्फबाट विगतमा प्रधानमन्त्री तथा मन्त्री भएका नेताहरु नै एमसिसी सम्झौताको विभिन्न कालखण्डमा सहभागी भएकाले अन्तर्राष्ट्रिय विश्वसनीयताको प्रश्न पनि उठ्नेमा नेताहरु एकमत दखिएका छन् ।

आजको बैठकमा समग्र कोणबाट छलफल भएको र प्रतिनिधिसभामा एमसिसी पारित गर्ने सन्दर्भमा बहिस्कार गरेर वा अन्य कुनै विधिमार्फत पारित गर्न सहयोग गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।

माओवादीका नेता हरिबोल गजुरेलका अनुसार एमसिसी सम्झौताका केही प्रावधानमा पार्टीको असहमति रहे पनि त्यसलाई एउटा निष्कर्षमा पु¥याएर गठबन्धन कायम राख्नुपर्छ भन्नेमा मतैक्यता देखिएको छ ।

यस्तै माओवादीका अर्का नेता शक्ति बस्नेतका अनुसार गठबन्धन कायम राख्दै अनेकन विकल्पमा छलफल गर्ने र एउटा निकास निकाल्ने प्रयत्न गरिनेछ । गठबन्धन जोगाउनै नसकिने अवस्था भयो भने अर्को कुरा भयो, अन्यथा यसलाई कायम राखेर अनेकन विकल्पमा छलफल गर्ने र एमसिसी सम्झौतालाई पनि एउटा निकास दिनुपर्छ भन्नेमा माओवादीका नेताहरु एक मत देखिएका छन् ।

धनगढी पुग्नुभएका नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई माओवादी अध्यक्ष प्रचण्डले काठमाडौँ फर्कन फोन गर्नुभएको थियो । काठमाडौँ फर्किएलगत्तै अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटवार्ता गर्नुभएको छ ।

सत्तारुढ गठबन्धनका नेताहरुको अनौपचारिक बैठकले गठबन्धन कायम राख्दै निष्कर्ष निकाल्नुपर्नेमा सहमत भएका छन् । एमसिसी सम्झौता पारित गर्ने वा नगर्ने भन्नेमा सत्तारुढ दलबीचमा नै साझा धारणा बन्न नसक्दा विषय सडकमा समेत पुगेको छ । दैनिकजसो प्रदर्शन भइरहेका छन् । संसद्मा प्रतिपक्षले अवरोध जारी राख्ने, सत्तारुढ दलकाबीचमा पनि समान धारणा नबन्दा महत्वपूर्ण विषयमा सहमति जुट्न सकेको छैन ।

सहमति खोज्ने ध्येयका साथ आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक आइतबारसम्म स्थगित भएको छ । कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर आजको बैठक स्थगित गरिदिन आग्रह गर्नुभएको थियो । मन्त्री बडूको आग्रहमा नै आज १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । प्रतिनिधिसभाको अर्को बैठक फागुन १५ गते दिउँसो १ बजे बस्नेछ ।

एमसिसी सम्झौताका पक्षमा सहमति जुटाउनका लागि बिहीबार प्रमुख राजनीतिक दलहरुका विभिन्न बैठक भए । प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुसँग संसद् भवन नयाँ बानेश्वरमा छलफल भएको थियो । सो बैठकलगत्तै माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीलगायतका नेताहरुबीच पनि छलफल भएको थियो । साँझ पुनःप्रधानमन्त्री र एमाले अध्यक्षबीच छलफल भए पनि कुनै ठोस सहमति बन्न सकेको थिएन ।

यो अवस्थामा सत्तारुढ दलहरुबीच नै सहमति कायम गरेर जानुपर्ने विषयमा नै धेरैको जोड देखिएको छ । यसैका लागि पनि आजको संसद् बैठक स्थगित भएको सत्तारुढ दलका नेताहरुले बताएका छन् ।

शुक्रबार, फागुन १३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज कति छ भाउ डलर-युरो, रियाल-पाउन्डको ?
विश्‍व घटना : लिबियाको बाढीमा मारिए २० हजार
राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा
सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद
इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता
स्रोत नखुलेको नगदसहित पक्राउ

भर्खरै

  • १.
    आज कति छ भाउ डलर-युरो, रियाल-पाउन्डको ?

  • २.
    विश्‍व घटना : लिबियाको बाढीमा मारिए २० हजार

  • ३.
    राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ४.
    सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

  • ५.
    इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

  • ६.
    स्रोत नखुलेको नगदसहित पक्राउ

  • ७.
    जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

  • ८.
    होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.