सोलुखुम्बु- लिखुपिके गाउँपालिका-५ पात्तालस्थित सडकमा प्रदेश ३-०१-००३ क ६२८९ नम्बरको गाडी आँफै अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल झरेर शुक्रबार बिहान दुर्घटना हुँदा गाडी चालक गोरखा साबिक सौरापानी गाविस-५ बस्ने ३० वर्षीय अर्जुन थेवाली मगरको घटनास्थलमै मृत्यु भएको छ । उक्त गाडी मिक्चर लोड गरी एमडी दुगड हाईड्रोपावरतर्फ जाँदै गरेको खुल्न आएको छ ।
Advertisement