चितवन- खैरहनी नगरपालिका-८ स्थित सडकबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ४ वटा ट्रकमा ल्याउँदै गरेका कपडा, फलामको छड, भाँडावर्तन र ट्रकसमेत गरी करिब ३ करोड ४९ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको सामानहरू सहित ४ जना चालकहरूलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
पर्सा वीरगन्जबाट भन्सार छलि लत्ता कपडाहरु लगायत अन्य सामानहरु ल्याएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले जाँच गर्दा ना.६ ख ११३ नम्बरको ट्रक लगायत ४ वटा ट्रकबाट ल्याउँदै गरेको उक्त सामानहरू बरामद गरेको हो ।