• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

एलपीएलमा शुक्लाफाँटा र धनगढी विजयी


मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित

काठमाडौं- कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को मंगलबार सम्पन्न दुई खेलमा शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन र धनगढी क्रिकेट एकेडेमी विजयी भएका छन्।

Advertisement

शुक्लाफाँटाले कैलाली जिल्ला क्रिकेट क्लब र धनगढीले शारदा सेकेन्डरी स्कुललाई पराजित गरे।

आज सम्पन्न पहिलो खेलमा शुक्लाफाँटाले कैलालीलाई ९० रनले पराजित गर्‍यो। समूह चरणमा सबै ३ खेल खेल्दा २ जित र १ हार बेहोरेको शुक्लाफाँटाले समूह ’ए’ बाट सेमीफाइनल सम्भावना जीवितै राखेको छ। दुवै खेल जितेको धनगढी स्पोर्ट्स क्लब अन्तिम खेलमा खप्तड इन्डोरसँग पराजित भएको खण्डमा शुक्लाफाँटा र धनगढीमध्ये नेट रन रेटमा अघि हुने टिम सेमीफाइनल पुग्नेछ।

शुक्लाफाँटाले दिएको १८४ रनको लक्ष्य पछ्याएको कैलालीले १८.४ ओभरमा ९३ रन बनाउँदा सबै विकेट गुमायो।

कैलालीका नरेन साउदले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। शुक्लाफाँटाको बलिङमा बसन्त खत्री, भारत चन्द र निरञ्जन गौतमले २-२ विकेट तथा भारत चन्द, कैलाश ऐर, सुशील रावल र विकास ऐरले १-१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको शुक्लाफाँटाले २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनायो।

शुक्लाफाँटाका लागि दुई ब्याटरले अर्धशतकीय योगदान दिए। प्लेयर अफ द म्याच घोषित किरण ठगुन्नाले सर्वाधिक ७० रन बनाए, जुन क्रममा ४२ बलमा १० चौका र १ छक्का प्रहार गरे। यस्तै, विशाल ऐरले ४३ बलमा ६ चौका र २ छक्का मद्दतले ५४ रन बनाए। लोकेश जोशीले ३७ रन बनाए।

कैलालीका लागि बिनोद बोहराले ३ विकेट तथा धर्मराज जोशीले २ विकेट लिए।

आजको दोस्रो खेलमा धनगढी क्रिकेट एकेडेमीले शारदा सेकेन्डरी स्कुललाई ८१ रनले पराजित गर्‍यो। १७१ रनको लक्ष्य पछ्याउने क्रममा शारदाले १५.५ ओभरमा ८९ रन मात्र बनायो। धनगढी र शारदा दुवै टिम सेमीफाइनल रेसबाट बाहिर भइसकेका छन्।

लक्ष्य पछ्याउने क्रममा शारदाका अभिषेक मल्लले ४१ तथा जीवन चन्दले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

प्लेयर अफ द म्याच घोषित धनगढी क्रिकेट एकेडेमीका लेग स्पिनर युवराज खत्रीले ४ विकेट लिए, जुन क्रममा ३.५ ओभरमा १६ रन खर्चिए। विजय रानाले २ तथा हिक्मत महरा, मान साउद र निरज ऐरले १-१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको धनगढीले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनायो।

धनगढीको ब्याटिङमा मान साउदले सर्वाधिक ३७ रन बनाए। यस्तै, सचिन साउदले ३५, युवराज खत्रीले २९ तथा विजय रानाले २३ रन बनाए। ११५ रनमा ७ विकेट गुमेको अवस्थामा मान र युवराजले अविजित ५५ रनको साझेदारी गरे।

प्रतियोगिताअन्तर्गत बुधबार पनि दुई खेल हुनेछन्। पहिलो खेल बिहान ९ बजे क्रिकेट एक्सिलेन्स सेन्टर र जेएस स्पोर्ट्स-११ सुपर स्टार्सबीच तथा दोस्रो खेल दिउँसो १ बजे शारदा सेकेन्डरी स्कुल र कैलाली मल्टिपल क्याम्पसबीच हुनेछन्।

प्रतियोगिताको सेमीफाइनल पुग्ने ३ टिमको टुंगो लागिसकेको छ। समूह ‘बि’बाट युथ अफ टीकापुर, समूह ‘सी’बाट घोडाघोडी क्रिकेट एकेडेमी र समूह ‘डी’बाट सत्यवती एकेडेमी सेमीफाइनल प्रवेश गरिसकेका छन्।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा शुरु भएको प्रतियोगिताको यो आठौं संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौं, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता रहेको छ।

मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची
भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान
तीजको कोसेलीः कर्णालीको स्याउ

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.