• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

एलपीएल : युथ अफ टीकापुर सेमीफाइनलमा


शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित

काठमाडौं- कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को आठौँ संस्करणअन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टीकापुर र गरुडा नगरपालिका विजयी भएका छन्। समूह ‘बी’बाट युथ अफ टीकापुरले सेमीफाइनलमा स्थानसमेत पक्का गरेको छ।

Advertisement

आज सम्पन्न पहिलो खेलमा युथ अफ टीकापुरले कैलाली मल्टिपल क्याम्पसलाई पराजित गर्दै समूह चरणमा तीनवटै जितको साथ सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो।

टीकापुरले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित ११ ओभरमा कैलालीले ७ विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो। कैलालीको ब्याटिङमा कप्तान दीपक कँडेलले सर्वाधिक ३८ र पारस रोकायाले १२ रनको योगदान दिए। टीकापुरका सुमित महर्जनले २ विकेट लिँदा मोहम्मद हुसेन, हरि चौहान, गौतम केसी र प्रकाश जैसीले १–१ विकेट लिए।

खराब मौसमका कारण ११ ओभरमा घटाइएको खेलमा टस जितेर ब्याटिङ गर्दै टीकापुरले ७ विकेट गुमाएर ९४ रन बनायो।

टीकापुरका लागि प्लेयर अफ द म्याच घोषित गौतम केसी तथा प्रकाश जैसीले समान ३४ रनको योगदान दिए। केसीले २७ बलमा १ चौका र ३ छक्का तथा जैसीले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे। ३८ रनमा ४ विकेट गुमेको अवस्थामा केसी र जैसीले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गरे।

कैलालीको बलिङमा अभिषेक कुँवर र सुशील बिष्टले २–२ तथा लोकेन्द्र खनाल र पारस रोकायाले १–१ विकेट लिए।

यस्तै, आजको दोस्रो खेलमा गरुडा नगरपालिकाले विजयी शुरुवात गर्ने क्रममा सुदूरपश्चिमाञ्चल एकेडेमीलाई ९८ रनले पराजित गरेको छ। गरुडाले दिएको १७४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमाञ्चल एकेडेमीले २० ओभर ब्याटिङ गरे पनि ८ विकेट गुमाएर ७५ रन मात्र बनायो।

सुदूरपश्चिमाञ्चल एकेडेमीको लागि निशान रेग्मीले १८ तथा सौर्य श्रेष्ठले १४ रन बनाए। गरुडाका बलर धर्मेन्द्र साहले ४ विकेट लिए, जुन क्रममा उनले ४ ओभरमा १२ रन मात्र खर्चिए। नरेश शाह, रुपेश सिंह र नितेश यादवले १–१ विकेट लिए।

टस जितेर ब्याटिङ गरेको गरुडाले २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनायो। गरुडाका लागि रुपेश सिंहले आक्रामक ब्याटिङ गर्दै ६० रन योगदान दिए, जुन क्रममा उनले २९ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। निश्चल बिक्रमले अविजित ४३ रन बनाए, जुन क्रममा २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। ७६ रनमा ६ विकेट गुमेको अवस्थामा रुपेश र निश्चलले ७४ रनको साझेदारी गरे।

सुदूरपश्चिमाञ्चलको बलिङमा पारस सुनार र सन्दीप बिष्टले २–२ विकेट लिए। प्रकाश जोशी, वीरेन्द्र चन्द, सौर्य श्रेष्ठ र सागर साउदले १–१ विकेट लिए।

प्रतियोगिताअन्तर्गत भोलि पनि दुई खेल हुनेछन्। पहिलो खेल बिहान ९ बजे घोडाघोडी क्रिकेट एकेडेमी र गरुडा नगरपालिकाबीच तथा दोस्रो खेल दिउँसो १ बजे सत्यवती एकेडेमी र लिटल एन्जल्सबीच हुनेछ।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा शुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौं, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ टिमको सहभागिता छ।

शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची
भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान
तीजको कोसेलीः कर्णालीको स्याउ

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.