काठमाडौं- उदयपुर त्रियुगा नगरपालिका-६ कुमारी चोकस्थित सडकमा स.१ प ८९७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय राम चन्द्र चौधरीको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुँदै थप उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि बिराटनगरतर्फ पठाइएको छ ।
काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-१४ नाशिका मन्दिरस्थित सडकमा हाल नम्बर नखुलेको टिपरले बा.७४ प ४५११ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-१४ आशापुरी बस्ने ३२ वर्षीय बिशाल तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।