महोत्तरी- मनरासिसवा नगरपालिका-२ कट्टी गाउँस्थित सडकबाट स्रोत नखुलेको नगद ९ लाख ५० हजार रूपैयाँ र १ थान मोबाइल सहित भारत सितामढी ग्रामपंचायत सिरसिया थाना बेला-१४ सिरसिया गाउँ बस्ने ३० वर्षीय दिपक कुमार चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एडि ८३४६ नम्बरको मोटरसाइकलाई प्रहरी चौकी इटहर्वाकट्टी र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक चौधरीलाई कम्मरको भागमा बाँधी लुकाई ल्याएको अवस्थामा उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।