• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

स्रोत नखुलेको नगदसहित पक्राउ

जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

बलेवा विमानस्थल : धावनमार्गमा कालोपत्रे गर्ने काम जारी


बिहिबार, फागुन १२, २०७८ मा प्रकाशित

बाग्लुङ- लामो समयदेखि कालोपत्रको पर्खाइमा रहेको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रले सार्थकता पाउन थालेको छ । धावन मार्ग कालोपत्रसँगै जहाज चल्नेमा यहाँका स्थानीयवासी आशावादी भएका छन् ।

Advertisement

अहिले विमानस्थल धावनमार्ग धमाधम कालोपत्र जारी छ । २०७७ फागुनमै कालोपत्र सम्पन्न गर्नुपर्ने काम पटक–पटक प्रभावित बन्दै आएको थियो । अहिलेसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ ।

यही फागुन १ गतेदेखि सुरु भएको विमानस्थल कालोपत्रको काम फागुन मसान्तभित्रै सकिने छ । २०७७ फागुन महिनाभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरी सक्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी, बल्खुसँग सात करोडमा ठेक्का सम्झौता गरेको थियो ।

विभिन्न समस्याका बाजुत पनि विमानस्थलको धावनमार्गको कालापत्रेले तीब्रता पाएको निर्माण कम्पनीका प्रतिनिधि बासु थापाले जानकारी दिनुभयो ।

कोरोना महामारी र वर्षाका कारण कालोपत्रेको काम पटक–पटक प्रभावित बनेपनि अहिले कालोपत्रे कामले तिब्रता पाएको उहाँले जानकारीदिनुभयो । धावनमार्गको कटिङ, नाली तथा तारबार एक वर्ष पहिलै सकिएर कालोपत्रेका लागि तयार भएको विमानस्थल अहिलेसम्म सडक र कोरोनाका कारण धानवनमार्गको ग्राभेल समेत भइसक्दा समेत सम्पन्न भइसकेको थियो ।

मौसम र प्रविधिले साथ दिएमा एक हप्तामै कालोपत्रेको काम काम सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर सत्यराम दुवालले जानकारी दिनुभयो । विमानस्थल कालोपत्रेको ठेक्का चैत्र मसान्त सम्ममात्रै रहेकोे प्राधिकरणले जनाएको छ । कालोपत्रे निर्माणसंगै विमानस्थलको काम सम्पन्न हुँनेछ ।

२६ वर्षदेखि बन्द अवस्थामा रहेको सो विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन आएको थियो । नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडान समेत भरेको र त्यसको फलस्वरुप अहिले विमानस्थल धमाधम कालोपत्रे भइरहेको र जहाज चलाउन अब समस्या नहुँने बागलुङ नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । बागलुङ–१४ नारायणस्थानमा सो विमानस्थल छ । हवाई सेवा नियमित भएमा बागलुङका साथै, पर्वत र म्याग्दीका जनतालाई समेत सुविधा पुग्ने बताइएको छ ।

कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारदेखि जम्मा १२ किलोमिटर सडक कच्ची छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर कालोपत्रे हुनसकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने सरोकारवाला बताउँछन् । बर्खाको समय धावनमार्गमा हिलो र हिउँदमा धुलो उड्ने समस्या भएपछि विमानस्थल बन्द भएको थियो ।

नगरपालिकाको संयोजनमा २०७४ चैत्र ९ गतेबाट पुनः सञ्चालन आएर नेपाल एरलाईन्स तथा तारा एरलाईन्सले केही महिना उडान भरेपनि आवश्यक पूर्वाधार र धावमार्ग कच्ची भएका कारण अहिले बन्द अवस्थामा छ ।

बिहिबार, फागुन १२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद
इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता
स्रोत नखुलेको नगदसहित पक्राउ
जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो
होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

भर्खरै

  • १.
    सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

  • २.
    इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

  • ३.
    स्रोत नखुलेको नगदसहित पक्राउ

  • ४.
    जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

  • ५.
    होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

  • ६.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ७.
    पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

  • ८.
    अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.