सुनसरी- धरान उपमहानगरपालिका-५ खैरेनीबाट करिब ४५ केजी अवैध लागूऔषध गाँजा बुधबार बिहान प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरीलाई देख्नासाथ धरानदेखी पानमारीतर्फ जाँदै गरेको प्र १-०२-०४५ प ५२८४ नम्बरको मोटरसाइकलमा सवार अपरिचित व्यक्तिले मोटरसाइकल सोही स्थानमा छोडेर फरार भएपछि प्रहरीले जाँच गर्दा उक्त लागूऔषध फेला पारी बरामद गरेको हो ।
Advertisement