काठमाडौं- आइतबार प्रतिनिधि सभामा टेबल भएको एमसीसी विरुद्धकाे रिट सर्वोच्च अदालतमा पुगेकाे छ । सोमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा उक्त रिट दर्ता गर्न लगेका हुन् ।
Advertisement
एमसीसीका कतिपय प्रावधान नेपालको सार्वभौमिकताविरुद्ध रहेकाले अघि बढाउन नहुने भन्दै भण्डारीले रिट लिएर सर्वाेच्च पुगेका हुन् । अहिले रिट दर्ता भएको छैन। रिट अध्ययनकै क्रममा रहेको र यसबारे भोलि निर्णय हुने सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
एमसीसी टेबल भएको विरोधमा दलहरु विभाजित भएका छन् भने जनस्तरमा पनि यसको विरोध भइरहेको छ । विरोधमा उत्रेकाविरुद्ध प्रहरीले बल प्रयोग गरेको थियो ।