काठमाडौं- सर्लाही बसवरिया गाउँपालिका-४ धनगढास्थित पन्चायत आदर्श माविको कम्प्युटर कोठामा करेन्ट सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा कम्प्युटर तथा अन्य सरसामान आंशिकरूपमा जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
उदयपुर त्रियुगा नगरपालिका-११ चप्पन बस्ने तिल माया बस्नेतको कच्ची घरमा करेन्ट सर्ट भई शनिबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
गुल्मी मुसिकोट नगरपालिका-४ हलोगाडे बस्ने गुप्त बहादुर कार्कीको घरमा गएराति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ११ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
कपिलवस्तु शिवराज नगरपालिका-१० सितलापुर बस्ने बगेदन कुर्मीको घरमा महाराजगंजबाट विवाहको जन्ती आएकोमा जन्तीहरुले पटका पट्काउने क्रममा सोही ठाउँ बस्ने चन्द्रभान यादवको गोठमा शनिबार राति आगलागी हुँदा गोठ जलेर क्षति भएको छ । साथै गोठमा रहेको गाईवस्तुहरु बचाउन जाँदा आगोले जलेर घाइते भएका सोही ठाउँ बस्ने ३७ वर्षीय राजेश यादवलाई उपचारको लागि संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा हुँदै थप उपचारको लागि भैरहवातर्फ रिफर गरिएको छ । पटका पड्काउने शंकास्पद २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।