बर्दिया- ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-१ जमुनिया बस्ने ४० वर्षीय रामदिन थारुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
थारुले ती महिलालाई उनकै घरकोठामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।