कैलाली- लम्किचुहा नगरपालिका-३ चिसापानी नयाँबस्ती बस्ने २२ वर्षीय बीरेन्द्र बिष्ट र २८ वर्षीय राज सुनारलाई करिब १० ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले बीरेन्द्रको घर तलासी गर्दा उनीहरूले बिक्रीको लागि पुरिया बनाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।