काठमाडौं- धादिङ सिद्धलेक गाउँपालिका-१ बुङचुङस्थित कालुपाण्डे सडकखण्डमा बा.३४ प ५०५२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने पूर्व प्रहरी निरीक्षक ५० वर्षीय मुक्ति प्रसाद सिग्देलको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Advertisement
नवलपरासी (पूर्व) कावासोती नगरपालिका-८ खरकट्टा जंगलस्थित सडकमा चितवनबाट दाङतर्फ जाँदै गरेको ना.६ ख १६७७ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकमा पल्टिएर शुक्रबार बिहान दुर्घटना हुँदा बसमा सवार ३४ जना घाइते भएका छन् । दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले घाइतेहरूलाई उद्धार गरी उपचारको लागि मध्यविन्दु अस्पताल पठाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।