जुम्ला- कनकासुन्दरी गाउँपालिका-६ दातेओखर बस्ने ३५ वर्षीय कर वडलाई कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय नव जंग रोकाया, २४ वर्षीय बखत रोकाया र २४ वर्षीय ईश्वर पछाई रहेका छन् । सामान्य बादबिबादमा उनीहरू समेत ४ जनाले बिहीबार साँझ कुटपिट गर्दा घाइते भएका वडलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोठिच्युलाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।