काठमाडौं- धनुषा जनकपुर उपमहानगरपालिका-४ आनन्दनगर डेरा गरी बस्ने महोत्तरी मनरासिसवा नगरपालिका-४ घर भएका ३७ वर्षीय नरेन्द्र झा आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-१ सकरदेहीस्थित कोशी नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
महोत्तरी गौशाला नगरपालिका-१२ स्थित जंगलमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
धादिङ गजुरी गाउँपालिका-५ घाटबेशी सानो बाङगेमोड नजिकै त्रिशुली नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
गोरखा सिरानचोक गाउँपालिका-३ चेपे नदी घाटको तिसमुरे पानीको दहमा डुबेर सोही गाउँपालिका-३ बयरपानी बस्ने ५२ वर्षीय सन्त बहादुर परियारको बुधबार दिउँसो मृत्यु भएको छ ।
झापा शिवसताक्षि नगरपालिका-४ बुलु चौक बस्ने ४९ वर्षीय सन्चरिया ताजपुरिया आफ्नै घर छेउमा रहेको माछा पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । माछा पोखरीमा डुबेर अशक्त भएका उनको उपचारको लागि बिएण्डसि अस्पताल बिर्तामोड हुँदै नोबेल अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।