दाङ- शान्तिनगर गाउँपालिका-३ चिराघाटको बेलडाँडा बस्ने ६३ वर्षीय कर्ण बहादुर मगरको हत्या गरेको अभियोगमा उनकै कान्छो छोरा १९ वर्षीय गोपाल मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
गोपालले कर्ण बहादुरलाई चक्कुले घाँटी रेटी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिलतपुर र प्रहरी चौकी चिराघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।