काठमाडौं- हुम्ला सिमकोट गाउँपालिका-२ ठेहे बस्ने ४५ वर्षीय तुला सिंह सुनार सिमिकोट गाउँपालिका-३ स्थित तोर्पा जाने बाटो मुनी गोरग्याफुक भन्ने स्थानमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । गत माघ २६ गते घरबाट सदरमुकाम सिमकोट आएका उनी सिमकोटबाट घर नफर्केको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजी गर्नेक्रममा उक्त स्थानमा उनको शव फेला पारेको हो ।
Advertisement
रुपन्देही बुटवल उपमहानगरपालिका-१६ बाग कुमार आदर्श टोल बस्ने ३७ वर्षीय गोबिन्द पौडेल सोही उपमहानगरपालिकास्थित दानव नदीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । गत माघ २७ गतेदेखि घरबाट हराएका उनको खोजी गर्नेक्रममा उक्त खोलामा शब फेला परेको हो ।