• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

थानकोटमा एक अर्बको लगानीमा अस्पताल बन्ने


सोमबार, फागुन ०२, २०७८ मा प्रकाशित

काठमाडौं- चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई जर्मन विकास बैंक९केएफडब्लु० रु एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ ।

Advertisement

सो सहयोगमा मन्त्रालय, नगर प्रमुख घनश्याम गिरी र बैंकका प्रतिनिधिका बीचमा हालै प्रारम्भिक सम्झौतासमेत भइसकेको छ । सम्झौताका अनुसार अस्पताल चार वर्षभित्रमा सम्पन्न हुने जनाइएको छ । नगरपालिकाको समन्वय र सहकार्यमा मन्त्रालय र केएफडब्लुले विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० तयारी अन्तिम चरणमा पु¥याएका छन् । नगरप्रमुख गिरीले भन्नुभयो, “डिपिआरको काम सम्पन्न भएसँगै भवन पूर्वाधारको काम अगाडि बढ्छ । निर्धारित समयभित्र अस्पताल बनाउन नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्छ । यस क्षेत्रमा जनशक्ति, उपकरण र पूर्वाधारमा अस्पताललाई उत्कृष्ट बनाउँछौँ । नगरवासीले चाहेको गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा सहजरुपमा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध छ ।”

अस्पतालले काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङ बासिन्दालाई विशेष सुविधा पु¥याउने छ । साथै धादिङ, मकवानपुर र नुवाकोट बासिन्दालाई पनि सहज विशेषज्ञ चिकित्सक सेवा पु¥याउने अपेक्षा गरिएको छ ।

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका मातहतमा सो अस्पताल सञ्चालन हुने जनाइएको छ । विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा नै १५ शय्याका अस्पताल सञ्चालनमा आइसकेको छ । प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टरसहितको उत्कृष्ट सेवा अस्पतालले प्रदान गरिराखेको छ । अस्पताललले पछिल्लो समय विशेषज्ञ मुटु रोग सेवा, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा प्रदान गरिराखेको अस्पतालका मेडिकल अधिकृत डा हेमनाथ शर्माले जानकारी दिनुभयो । उत्कृष्ट कार्यसम्पादन गरेबापत नगरपालिकाको तर्फबाट हालै रु ५० हजार नगद पुरस्कार तथा सम्मानपत्र प्राप्त गर्नुभएको उहाँले भन्नुभयो, “प्रयोगशाला, उपकरणसहित अस्पतालले उत्कृष्ट सेवा प्रदान गरिराखेको छ । ”

महामारी नियन्त्रणमा उदाहरणीय प्रयास

कोभिड–१९ को महामारीबाट नगरवासीलाई जोगाउन नगरपालिकाले उत्कृष्ट सेवा प्रदान गरेको थियो । नगरप्रमुख गिरीले भन्नुभयो, “महामारीका सुरुआती दिनमा नै उपत्यका भित्रिने प्रमुख नाका नागढुङ्गामा कोरोना जाँच तथा यातायातका साधनलाई ‘डिसइन्फेट्यान्ट’ गर्ने काम थालनी भयो । यसबाट कोरोना जोखिम न्यूनीकरणमा सहयोग पुग्यो । नगरभित्रका सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्यौँ । चारस्थानमा होल्डिङ सेन्टर बनाई सेवा प्रदान गर्ने काम भयो । स्वाब सङ्कलनमा नगरपालिकाले सशस्त्र प्रहरी बल अस्पताल बलम्बुलाई सहयोग ग¥यो । माक्स, स्यानिटाइजर वितरण गर्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न नगरवासीलाई जानकारी दिने काम भयो । यसबाट कोरोना नियन्त्रणमा सहयोग पुग्यो ।” नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार नगरपालिकाले एन्टिजेन र पिसिआर गरी १० हजार ३७५ को निःशुल्क परीक्षण गर्न सहयोग पु¥याएको छ । हालसम्म नगरमा आठ हजार ५८७ कोरोना पोजेटिभ देखिएकामा आठ हजार ४०० निको भएका र १०० होमआइसोलेसनमा रहेका जनाइएको छ ।

महामारीको पहिलो र दोस्रो लहरका समयमा नगरपालिकाले आफ्नो एम्बुलेन्समार्फत निःशुल्क सेवा प्रदानसमेत गरेको थियो । पछिल्लो समय कोरोनाविरुद्धको खोप लगाउन नगरपालिकाले घरदैलो अभियान सञ्चालन गरी खोप कार्यक्रम सञ्चालन गरिराखेको छ । नगरप्रमुख गिरीले भन्नुभयो, “कोरोनाविरुद्धको खोप सबै नगरवासीका पाखुरासम्म पु¥याउन मैले उच्च प्राथमिकतामा राखेको छु । सबै वडाका स्वास्थ्यचौकी, विद्यालय तथा अस्पतालमा खोप सेवा जारी छ । म हरेक दिन खोप केन्द्रको निरीक्षण गर्छु । खोपको अभाव हुन दिएको छैन ।” उहाँ स्वयं पनि कोरोनाबाट सङ्क्रमित हुनुभएको थियो ।

नगरपालिकाले स्थानीय बजेटमार्फत १५ वटै वडामा स्वास्थ्य प्रवद्र्धन गर्न रु चार लाख विनियोजनसमेत गरेको छ । यस्तो बजेट विनियोजन गर्ने चन्द्रागिरि पहिलो भएको बताइएको छ । प्रमुख प्रशासकीय अधिकृत नीरज पौडेलले नगरपालिकाले स्वास्थ्य सेवामा लगानी वृद्धि गर्दै जाने नीति लिएको जानकारी दिनुभयो ।

नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव जगदिश्वरी अवस्थी पाण्डेका अनुसार नगरपालिकाले एक सहरी स्वास्थ्य केन्द्र, एक अस्पतालसहित १० स्वास्थ्यचौकीमार्फत स्वास्थ्य सेवा प्रदान गरिराखेको छ । यी स्वास्थ्य संस्थामा सरकारको मापदण्डअनुसारका प्रयोगशालाको पनि सुविधा छ । उहाँले भन्नुभयो, “समग्र स्वास्थ्यको सूचाङ्ककमा चन्द्रागिरिको नगरपालिकाको अवस्था सुदृढ देखिन्छ ।”

सोमबार, फागुन ०२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ
विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता
चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु
युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक
बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय
सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

भर्खरै

  • १.
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

  • २.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

  • ३.
    चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ४.
    युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

  • ५.
    बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

  • ६.
    सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

  • ७.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ८.
    उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.