काठमाडौं– तिहारको अवसरमा दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजनिक भएको छ।
Advertisement
गीतमा बालबालिकादेखि युवापुस्ता सम्मले देउसी भैलो खेलेर आफ्नो परम्परा जोगाएको देख्न सकिन्छ। भिडियोमा धार्मिक, सास्कृतिक र परम्परालाई विशेष महत्व दिदै क्यानडा, यूके, अमेरिका र अस्ट्रेलिया लगायत देशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीलाई विशेष सन्देश दिएकाे छ।
राफल्स एडुकेरको आधिकारिक फेसबूक पेज र दुर्गेश थापाको फेसबुक पेजबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
राफल्स एडुकेरको निर्माण रहेको यो गीतमा सुदिप कुवरको स्वर छ। दुर्गेश थापा दुर्गेश थापाको गीत रिलिज हुने बित्तिकै भाइरल हुने गर्छ।