भक्तपुर- सूर्यविनायक नगरपालिका-७ गुण्डु किवाचोक बस्ने ६३ वर्षीया अन्नपूर्ण खतिवडाको घरबाट नगद १७ लाख रुपैयाँ, १ केजी चाँदी र सुनका बिभिन्न गहना गरी करिब ४६ लाख ५८ हजार २ सय ५५ रुपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको छ ।
Advertisement
घरमा ताल्चा लगाई घरका सबै सदस्यहरू काभ्रे पनौतीस्थित मकर मेलामा गएकोमा घरको मूल ढोका तथा ३ वटा कोठाको ताला समेत फोडेर दराजभित्र रहेको उक्त धनमाल चोरी भएको छ ।