चितवन- राप्ती नगरपालिका-६ हर्दीचोकस्थित सडकमा ना.६० प ३७८१ नम्बर र ना.९ प ९६६२ नम्बरका २ मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा ना.९ प ९६६२ नम्बरको मोटरसाइकल चालक खैरहनी नगरपालिका-७ बस्ने ४५ वर्षीय कमल चौधरीको मृत्यु भएको छ ।
Advertisement
दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ना.६० प ३७८१ नम्बरको मोटरसाइकल चालक राप्ती नगरपालिका-६ भण्डारा बस्ने २९ वर्षीय सन्तोष नेपालको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।