काठमाडौं- चन्द्रागिरिमा हिउँ खेलेर फर्किँदा हराएका ५ जना महिला तथा बालबालिकाको चन्द्रागिरी जंगलबाट गएराति प्रहरीले उद्धार गरेको छ
Advertisement
चन्द्रागिरी डाँडामा सोमबार हिउँ खेल्न गएका चन्द्रागिरी नगरपालिका-६ महादेवस्थान बस्ने एकै परिवारका २३ वर्षीया रिता गुरुङ, १५ वर्षीया सौभाग्य गुरुङ, १३ वर्षीय सहज गुरुङ, ११ वर्षीया जेनिसा गुरुङ र ७ वर्षीय एरविन गुरुङको प्रहरीले उद्धार गरेको हो ।
आइतबार हिउँ खेल्न गएका उनीहरू फर्कने क्रममा हराइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डप तथा विपद् व्यवस्थापन गुल्म सामाखुसीबाट खटिएको संयुक्त प्रहरीको टोलीले लगातार ५ घण्टाको खोजी पश्चात उनीहरूलाई फेला पारी सकुशल उद्धार गरेको हो ।