• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

मंगल ग्रहमा अक्सिजन “फलाउँदै” वैज्ञानिक


    Avatar photo
आइतबार, कार्तिक ०५, २०८० मा प्रकाशित

मेलबर्न- वैज्ञानिकहरूले मंगल ग्रहमा अक्सिजन उत्पादन गर्ने महत्त्वाकांक्षी योजना अगाडि सारेका छन्।

Advertisement

मरुभूमिमा पाइने ब्याक्टेरियामार्फत रातो ग्रहमा अक्सिजन उत्पादन गर्न सकिने उनीहरूको सोच देखिन्छ। ती ब्याक्टेरियाले सूर्यको प्रकाश ग्रहण गरेर कार्बन डाइअक्साइड खान्छन्। र, ती ब्याक्टेरियामार्फत मंगलको हावामा अक्सिजन बढाउन सक्ने उनीहरूको ठम्याइ छ।

त्यसलाई क्रुकोक्सिडायोप्सिस क्युबान भनिन्छ। वैज्ञानिकहरूले हालै एक बायोकोटिङ तयार पारेका छन्, जसले दैनिक औसत मात्रामा अक्सिजन उत्सर्जन गर्छ। र, आसपासको हावामा कार्बन डाइअक्साइड कम गराउँछ।

बेलायतको सरे विश्‍वविद्यालयका माइक्रोबायोलोजिस्ट सिमोन क्रिंग्सको नेतृत्वमा रहेको टिमअनुसार त्यसबाट अन्तरिक्ष यात्रा मात्र नभई पृथ्वीमा पनि हरेक घरमा यसको प्रयोग उपयोगी हुने अपेक्षा छ। ‘वातावरणमा ग्रिनहाउस ग्यास, खासगरी सीओटुमा वृद्धि तथा बढ्दो विश्‍वव्यापी तापमानका कारण पानीको कमीको चिन्ताका कारण हामीलाई नवीन र पर्यावरण अनुकुल र टिकाउ सामग्रीहरूको आवश्यकता छ,’ सोही विश्‍वविद्यालयका जीव वैज्ञानिक सुजी हिंगले विल्सन भन्छन्, ‘यान्त्रिक रूपमा मजबुत, उपयोगका लागि तयार बायोकोटिङ या जीवित पेन्ट आम रूपमा जल-गहन बायोरियाक्टरमा आधारित प्रक्रियाहरूमा पानीको खपत कम गर्न यी चुनौतिहरूको सामना गर्न यसबाट मुद्दत पुग्ने विश्‍वास छ।’

क्रुकोक्सिडायोप्सिस जीवको एक अजीव सानो प्रजाति हो। यदि पृथ्वीमा कुनै यस्तो स्थान छ, जहाँ हामीलाई कुनै जीवन नभेटिने आभास हुन्छ भने यस्ता साना प्रजाति भेटिने प्रचुर सम्भावना हुन्छ। यो ब्याक्टेरियाले अजीव ढंगबाट प्रकाश संश्लेषणको उपयोग गर्छ, जो एकदमै कम प्रकाशवाला स्थितिमा पनि लाभ उठाउन सक्छ। र, अँध्यारो स्थानमा पनि ब्याकअप सर्भाइभल मेकानिजम हो यो। अत्यधिक गहिरो गुफाहरू तथा गहिरो र अँध्यारो समुद्रमा मात्र होइन, पृथ्वीको भित्री पाटोमा पनि यो ब्याक्टेरिया पाइएको छ।

क्रुकोक्सिडायोप्सिस क्युबाना कहिलेकाहीं मरुभूमिमा भेटिन्छ। त्यसैले मंगल ग्रहमा त्यसभन्दा फरक अवस्था हुन नसक्ने वैज्ञानिकहरूको राय छ। अन्य साइनोब्याक्टेरियाजस्तै यसमा पनि केही वाञ्‍छनीय गुण हुन्छ। जीवाणु सीओटु ग्रहण गर्छ। त्यसलाई प्रकाश संश्लेषणमार्फत कार्बन यौगिकहरूमा परिवर्तित गर्न ठीक बनाउँछ। र, त्यसको प्रतिक्रियाका हिस्साका रूपमा अक्सिजन जारी गर्छ।

क्रिंग्स र उनको टिम एक बायोकोटिङ विकसित गर्न चाहन्छ, जसले यी गुणहरूको उपयोग गर्न सकोस्। यो पेन्टजस्तै कोटिङ्स हो, जसमा जीवित ब्याक्टेरियामा सामेल हुन्छ। तिनलाई टिकाउ हुनु जरुरी छ। र, त्यसका लागि यस्तो तत्त्व सामेल हुनु जरुरी हुन्छ, जो तिनमा ब्याक्टेरियालाई नोक्सान पुर्‍याउन सकोस्।

तथापि, यो अनुमानभन्दा ज्यादा चुनौतिपूर्ण छ। जलयोजन र कोशिका परिवहनलाई सहज बनाउन बायोकोटिङ म्याट्रिक्स छिद्रपूर्ण हुनुपर्छ। तर, यान्त्रिक रूपमा मजबुत र कठोर हुनु जरुरी छ। टिमले ल्याटेक्सलाई न्यानोक्ले कणहरूका साथ मिलाउन एक विधि विकसित गर्‍यो, जसले यो गुण हासिल गर्‍यो र तिनका ब्याक्टेरियालाई सुरक्षित रूपमा घेरे।

अर्को कदमका रूपमा यो सुनिश्चित गर्नु थियो, पेन्ट अपेक्षाकृत काम गरिरहेको छ कि छैन र उसको भित्रको सूक्ष्‍मजीव जीवित छ कि छैन ? टिमले ३० दिनसम्म ती कोटिङको अवलोकन गरे र अक्सिजन आउटपुट र सीओटु इन्पुटको मापन गरे।

उनीहरूले पाए- पेन्ट दैनिक प्रतिग्राम बायोमासमा ०.४ ग्राम अक्सिजनको दरमा लगातार अक्सिजन छोडिरहेको थियो। र, त्यो पूरै महिना स्थिर रह्यो। र, प्रतिकिलोग्राम (३५ औन्स) पेन्टका लागि ४०० ग्राम (१४ औन्स) अक्सिजन दिइरहेको थियो। त्यसबाहेक पेन्टले सीओटु अवशोषित गर्‍यो। शोधकर्ताहरूले आफ्नो यस आविष्‍कारलाई ग्रिन लिभिङ पेन्ट नाम दिएका छन्।

यो उत्पादन सम्भवतः मंगल ग्रहमा मानव बस्ती बसाउन पर्याप्त पक्कै हुने छैन। किनकि, मंगल ग्रहमा एक वर्षसम्म बस्ने अन्तरिक्ष यात्रीहरूको टोलीलाई अनुमानित ५०० मेट्रिक टन अक्सिजनको आवश्यकता हुन्छ। तथापि, अक्सिजनको हरेक छोटो टुक्रालाई रातो ग्रहमा एकत्र गर्न सकिने छ। अनि त्यसबाट अन्तरिक्ष मिसनहरूलाई अन्तरिक्ष यानमा उनीहरूका लागि आवश्यक अक्सिजनको मात्रा कम गर्न मद्दत मिल्ने अपेक्षा छ।

‘प्रकाश संश्लेषक क्रुकोक्सिडायोप्सिसमा सुक्खाजस्तो चरम वातावरण तथा युभी विकिरणको उच्चस्तरको जोखिमपछि पनि जीवित रहने असाधारण क्षमता देखिएको छ,’ क्रिंग्स भन्छन्, ‘यसले मानिसलाई मंगल ग्रहमा उपनिवेशीकरणका लागि सम्भावित उम्मेदवार बनाउने सक्छ।’

साइन्स अलर्टबाट

आइतबार, कार्तिक ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई सय वर्षअघि गल्तिमै भएको थियो सलाईको आविष्‍कार !
नयाँ अन्तरिक्ष केन्द्र स्थापना गर्ने फिनल्याण्डको घोषणाा
सामाजिक सञ्‍जाल ह्‍याक हुन नदिन कस्तो पासवर्ड ?
पुरानो मोबाइल बेच्दै हुनुहुन्छ ? ब्ल्याकमेलिङमा पर्नु होला !
वैज्ञानिकले फेला पारे पृथ्वीजस्तै ग्रह, जीवनको सम्भावना कति ?
नासाद्वारा सबैभन्दा टाढाको आकाशगंगा फेला पारेको दाबी

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.