काठमाडौं- पर्यटन क्षेत्र धरासायी भएको अवस्थामा पर्यटन प्रवर्धनलाइ बढावा दिनको लागि भैरहवामा होटल समृद्धि संचालनमा आएकोे छ । करीब १५ करोडको लागतमा भैरहवाको एयरपोर्ट रोडमा सुविधा सम्पन्न होटल समृद्धि संचालनमा आएको हो ।
२८ गते आइतबार घटस्थापनाको शुभ अवसरमा होटल विधिवत रुपमा शुभारम्भ हुनेछ । लुम्बिनी प्रदेशका गृह मन्त्री सन्तोष पाण्डेले उक्त होटलको उद्घाटन गर्ने पत्रकार सम्मेलन मार्फत संचालकले जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै होटल समृद्धिका संचालक राम थापाले देशमा निम्तिएको आर्थिक मन्दीका बिच युवाले खेप्नु परेको बेरोजगारीलाई केहि हदसम्म भएपनि चिर्न होटलले भुमीका खेल्ने बताए
सुस्ताएको आर्थिक अवस्थालाई चलायमान बनाउन अरबौ लगानी गरेर बनाइएको अन्तराष्ट्रिय विमानस्थल जती सक्दो छिटो संचालन हुनुपर्ने उनले बताए ।
थापाले सानै उमेरदेखि संघर्ष गरेर स्वदेशमै रमाउनु पर्छ र, केही नौलो कर्म गर्नुपर्छ भन्ने उदेश्यले सुन्य बाट सुरु गरेको हाडवेयर, इलेक्ट्रीक,रियल स्टेटको व्यापार देखि करोडौको मालिक बन्दा सम्मको इतिहासलाई स्मरण गरे ।
१ कट्ठा १६ धुर जग्गामा निमार्ण भएको होटल समृद्धिको अन्य होटल भन्दा फरक विषेश्ता रहेको छ । होट अपाङ मैत्री हुनुको साथ–साथै अन्य होटल भन्दा सुलभ दरमा सबै व्यवस्था रहेको र भैरहवाबाट बैदेशिक रोजगारीमा जाने यात्रुलाई आर्थिक समस्या परेमा खान बस्न र होटलमा आउने ग्राहकलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म लैजाने र ल्याउने निशुल्क सवारीको व्यवस्था समेत रहेको होटेलका संचालक थापाले बताए ।
यस होटलमा निम्न वर्ग देखि उच्च वर्ग सबैले थेग्न सक्ने न्युनतम दरमा खाने, बस्ने व्यवस्था रहेको संचालकले दाबी गरेका छन् । राम बाहादुर थापाको एकल लगानीमा संचालन भएको होटलमा २५ जनाले रोजगारी समेत पाएका छन् ।