• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, साउन १४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : २५ सय वर्ष पुरानो ट्याटु !

राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

‘वर्न सर्भाइभर्स्’ सम्मेलनमा चन्द्र भण्डारीले सुनाए आगाेमा जल्दाकाे पीडा


आइतबार, असोज २१, २०८० मा प्रकाशित

काठमाडौं– केही महिनाअघि आगलागीबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीले जलनसम्बन्धी अनुभव र अठोट अन्तर्राष्ट्रिय मञ्चमा सुनाएका छन्।

Advertisement

अमेरिकाको वासिङ्टन डिसीमा शनिबार सुरु भएको ‘वर्न सर्भाइभर्स्’ सम्मेलनमा उनले जलनबाट शरीरमा चोट लागेर कमजोर भएपनि आत्मबलमा कुनै असर नगरेको बताएकाे उनकाे सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

सांसद भण्डारीले आगोले कुनै व्यक्तिको शरीरसँगै भावना पनि जलाएको र परिवारका सदस्यहरूको शक्ति कमजोर बनाएको बताएका थिए। उनले भने, “मेरो जस्तो विकासशील देशमा त यसले आर्थिक रूपमा पनि जलाउँदो रहेछ।”

नेता भण्डारीले शारीरिक, मानसिक र पारिवारिक रुपमा जलेपनि आफूले भने पुनर्जीवन पाएकाले अबको जीवन आगोको चोटबाट बच्न सचेतना जगाउन र जलेकाहरुको उपचारमा सघाउन केन्द्रित गर्ने अठोट पनि विश्व समुदाय सामू व्यक्त गरे।

उनले यसप्रकारका घटना न्यूनिकरणका लागि यस क्षेत्रमा योगदान गर्न सके मात्रै आफ्नो पुनर्जन्मको सार्थकता रहने बताए। अन्तर्राष्ट्रिय समुदायबीचमा आफ्नो अनुभव र जलनसम्बन्धी नेपालको अवस्थाबारे जानकारी गराउन र अन्तर्राष्ट्रिय अभ्यास, अनुभव र सहयोग नेपाल भित्र्याउन आफू उत्सुकताका साथ सम्मेलनमा सहभागी भएको उनले बताए।

सम्मेलन आयोजक संस्था ‘फिनिक्स सोसाइटी फर बर्न सर्भाइभर्स’बाट जलेका बिरामीको आवश्यकता र चुनौती बुझेर उनीहरूका लागि थप चिकित्सा अनुसन्धानका मुद्दालाई सम्बोधन गर्न सहयोगको अपेक्षा गरेको उल्लेख गरे। त्यसैगरी विश्वव्यापीरुपमा जलनको सचेतना, उपचार, हेरचाह र अनुसन्धानलाई प्राथमिकता दिन सम्बन्धित देशका सरकारलाई दबाब दिनुपर्ने, विश्वव्यापीरूपमा जलेर बाँचेकाहरुका लागि अभिभावकत्व प्रदान गर्नुपर्ने, पीडितका परिवारलाई भरपर्दो सहयोग प्रदान गर्नुपर्नेतर्फ पनि उनले ध्यानाकर्षण गराएका थिए।

सम्मेलनमा नेता भण्डारीसँगै उनकी धर्मपत्नी डा लक्ष्मी पाण्डेय, जलन विषेशज्ञ प्रा डा शङ्करमान राई, फिजियो थेरापी विज्ञ मोहन डङ्गोल सहभागी छन्।

कांग्रेस नेता भण्डारीको काठमाडौंको बुद्धनगरस्थित निवासमा गत ३ फागुन राति आगलागी हुँदा जलेर घाइते भएका थिए। उनलाई सुरुमा कीर्तिपुरको वर्न सेन्टर र त्यसपछि थप उपचार भारतको मुम्बइस्थित नेसनल बर्न सेन्टरमा गराइएको थियो। उनकी आमाकाे भने साेही आगलागीमा परि निधन भएकाे थियाे।

आइतबार, असोज २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : २५ सय वर्ष पुरानो ट्याटु !
राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने
नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ
उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

भर्खरै

  • १.
    पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    विश्‍व घटना : २५ सय वर्ष पुरानो ट्याटु !

  • ४.
    राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५.
    नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

  • ६.
    उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

  • ७.
    मन्त्रिपरिषद्को निर्णय : नौ विधेयक संसद्मा पेस गर्न स्वीकृति

  • ८.
    विद्युतीय सवारी विस्तारमा दिल्लीको जोड

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.