• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

मिथिलामा एकै दिन मनाइयाे ३ पर्व


सोमबार, असोज ०१, २०८० मा प्रकाशित

महोत्तरी– मधेसको प्राचीन मिथिलाक्षेत्रमा आज तीनवटा पारम्परिक पर्व एकसाथ मनाइएकाे छ। सौरमासको असोज सङ्क्रान्तिका दिन मनाइने ज्यावलका देवता विश्वकर्मा पूजनोत्सव तथा चन्द्रमासको भदौ शुक्ल तृतीया र चौथीका दिन मनाइने क्रमशः तीज र लोकआस्थाको पर्व चौरचण्ठ (चौरचन, चौठीचान) तिथिको भोग घटबढले आज एकै दिन परेको हो।

Advertisement

सङ्क्रान्ति गणनाले मनाइने विश्वकर्मा पूजनोत्सव सौरमास परम्पराको पर्व हो। आज असोज सङ्क्रान्ति परेको हुँदा मिथिलाक्षेत्रमा उल्लासका साथ यो पर्व मनाइयाे।

भदौ शुक्ल त्रितीयाका दिन मनाइने नेपाली नारीको महान पर्व तिज पनि आजै मनाइयाे। मध्यरातदेखि पूर्ण एकदिन व्रत गरिने यो पर्व गएमध्यरात अघि नै तृतीया तिथि टेकेपछि हिजोे दर खाएका हिन्दू नारी आज निराहार व्रतमा छन्। यो व्रत भोलि मङ्गलबार बिहान सूर्योदयसँगै समापन गर्ने ब्रतालुको तयारी छ।

भदौ शुक्ल चौथीको चन्द्रदर्शन गरिने चौरचन पर्व पनि आजै मनाइएकाे छ। तृतीया तिथिमा एक अहोरात्र गरिने तिज पर्व र चौथी तिथिको चन्द्रदर्शन तिथिको भोग घटबढले आज एकै दिन परेको कर्मकाण्डका ज्ञाता बताउँछन्।

“हिजो आइतबार बिहान साढे नौ बजेअघि नै तृतीया लागेको हो, तर एक अहोरात्र र चौथी टेक्दो तीज व्रतको परम्पराले यो पर्व आज मनाइएको हो”, कर्मकाण्डका ज्ञाता बर्दिबास-२ का पण्डित महेशकुमार झा भन्छन्, “यस्तै आज सोमबार बिहान पनि साढे नौ बजेअघि नै चौथी लागेपछि यो तिथिको चन्द्र दर्शन आजै गर्नुपर्ने भएको हो।”

चौरचन पर्वमा चौथीकै चन्द्रदर्शन र आराधनाको व्रत विधान रहेको र चौथी तिथिको चन्द्रोदय आजै हुनेहुँदा यसपालि तिज व्रत र चौरचन एकै दिन परेको झाको भनाइ छ। चौरचन पर्वमा गाईको गोबरले लिपेर बनाइएको आँगन माझमा अरिपन (चामलको पिठोको लेदो) मा बनाइएको चतुष्कोण वेदीमा दीप प्रज्वलित गर्दै ब्रतालुले फलफूल र मिष्ठान्न परिकार चन्द्रमालाई देखाएर पर्व समापन गर्ने मैथिल परम्परा छ। खासगरी खिर, पुरी, दही र गच्छेअनुसारका अन्य मिष्टान्न परिकार तथा केरा र मौसमअनुसारका फलफूल चन्द्रमालाई देखाएर इष्टजनसहित परिवारजनलाई  चतुष्कोण यज्ञस्थलमै बसाएर प्रसाद ख्वाएपछि चौरचन पर्व सम्पन्न गरिन्छ।

हिन्दू मैथिल परम्परामा भाद्र शुक्ल चौथीका दिनको चन्द्र दर्शन दोषपूर्ण हुने भएकाले सो दोष मेटाउन घरमुली महिलाले दिनभर निराहार व्रत बसी साँझ चन्द्रमालाई मिष्ठान्न परिकार र फलफूल देखाएर दोष मेट्ने प्रचलन चलेको यस क्षेत्रका संस्कृति परम्पराका ज्ञाता बताउँछन्। मिथिलाको महत्वपूर्ण पर्वमध्ये पर्ने यो पर्व चन्द्र उदयको गणनाले चौथी पर्ने दिन मनाइने चलन रहेको मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापिठका मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्तिले बताए।

भाद्र शुक्ल चौथीमा विधिपूर्वकको चन्द्रदर्शनले झूठो अवगाल कहिल्यै नलाग्ने, मित्रहरु बढ्ने र चन्द्रमाको कृपाले कान्ति बढ्ने तथा जीवनमा शितलता प्राप्त हुने जनविश्वास छ। द्वापर युगमा सत्राजित परिवारको श्यमन्तक मणि हराउँदा श्रीकृष्णलाई ‘बात’ लागेको र श्रीकृष्णले अवगाल मेट्न चन्द्रव्रत गरेलगत्तै मणि जाम्ववानकी छोरीसँग भेटिएको प्रसङ्ग श्रीमदभागवत महापुराण र कृष्णलिला काव्यमा वर्णित छ। त्यसै बेलादेखि चोरचन पर्व परम्परा चलेको विश्वास गरिन्छ।

मैथिल परम्परामा चन्द्र दोष मेटाउने यो पर्व अब मधेसमा बस्ने पहाडी मूलका हिन्दूले पनि बाक्लै मनाउन थालेका छन्। त्यसैगरी तिज व्रत लिने मिथिलानी (मिथिलाका नारी)को सङ्ख्या पनि उल्लेख्य देखिन्छ।

सोमबार, असोज ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

भर्खरै

  • १.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • २.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ३.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ४.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ५.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ६.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ७.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ८.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.