• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

दन्त सेवाले बिरामीलाई सजिलो


शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित

काठमाडौं-  बलेवास्थित बागलुङ नगर अस्पतालमा अबदेखि नियमित रुपमा दन्त शिविर, नाक, कान, घाँटी, सुरक्षित सुत्केरी सेवा र प्रसूति प्रतीक्षा घरसमेत सञ्चालनमा आउने भएको छ ।

Advertisement

अस्पतालले विभिन्न सङ्घसंस्थाको सहकार्यमा अस्पताललाई बहुसेवा दिने प्रकारको बनाउन लागेको हो । हाल अस्पतालको भवन निर्माणाधीन भए पनि तत्कालीन स्वास्थ्य चौकीकै भवनमा अस्पताल सञ्चालन गरिएको छ । सो अस्पतालमा हाल दुई मेडिकल अधिकृत, एक स्टाफ नर्स, एक हेल्थ असिस्टेन्टसहित नौ स्वास्थ्यकर्मी कार्यरत छन् । उनीहरुले मात्र सबै सेवा प्रवाह गर्न नपुग्ने भएपछि दाता तथा सहकार्य गर्ने संस्था खोजिएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।

पहिलो चरणमा हप्तैपिच्छे दन्त शिविर र प्रसूति प्रतीक्षा घर भने सञ्चालनमा आइसकेको छ । जिभाय नेपालको सहकार्यमा नगर अस्पताल बलेवाले दन्त क्लिनिक अभियान चलाएको हो । ग्रामीण स्वास्थ्य सुधार परियोजना सञ्चालन गरेको भीमापोखरा युवा क्लब र फेयरमेड फाउण्डेसनले सुरक्षित सुत्केरीका लागि प्रतिक्षा घरका लागि आवश्यक सामग्री तथा उपकरण सहयोग गरेको हो ।

एउटा कोठामा दुई गर्भवती र दुई कुरुवा बस्न मिल्ने गरी व्यवस्थापन गरिएको छ । सामग्री र उपकरणपछि सुरक्षित सुत्केरी सेवाको अभियानमा साथ पुगेको अस्पतालका मेडिकल अधिकृत गरिमा खनालले बताए । संस्थाले बेवी वार्मर मेसिन दिएकाले जाडो मौसममा पनि सुरक्षित सुत्केरीसहित शिशुको सुरक्षा गर्न सकिने भएको छ ।

त्यस्तै जिभाय नेपालले दन्त ‘चियर’सहित उपकरण र सामग्री सहयोग गरेको हो । साथै हरेक साता एक–एक दन्त चिकित्सक आएर यहाँ सेवा दिने व्यवस्थापन गरिएको हो । बिहिबार एक कार्यक्रमका बीच नगर प्रमुख वसन्तकुमार श्रेष्ठले दुवै सेवाको शुभारम्भ गरे ।

श्रेष्ठले उक्त अवसरमा नगर अस्पताललाई क्रमशः विस्तार गर्दै आम नागरिकको विश्वसनीय बनाउने बताए । त्यसका लागि पहिलो चरणमा भवन निर्माण सक्ने, त्यसपछि उपकरणहरुको जोहो गर्दै चौबीसै घण्टा सेवा दिने प्रकारको बनाइने बताए । ‘अहिले त सामान्य जस्तो छ, तर केही समयमै सेवा प्रवाह बढाएर नागरिकको स्वास्थ्य सुधारमा पहल गर्छौं,’ श्रेष्ठले भने, ‘सामान्य उपचारका लागि नागरिकले हजारौँ लाखौँ खर्चने पद्धति अब अन्त्य हुनुपर्छ ।’

दैनिक ३५ देखि ५० बिरामीको उपचार भइरहेको नगर अस्पतालमा दाँतको समस्या भएकाहरु पनि धेरै आउने गर्छन् । उनीहरुको सेवाका लागि निभाय नेपालले सहयोग गरेको हो । यो संस्थाले बलेवाका वडा नं १२, १३ र १४ मा विद्यालय तहमा पनि सयौं बालबालिकाको दन्त परीक्षण, निःशुल्क रुपमा दाँत माझ्ने ब्रस र मन्जन वितरण गर्नाका साथै मुख स्वास्थ्यका लागि अभियान चलाइएको छ । मुख स्वास्थ्य परियोजना नै सञ्चालन गरेर स्वास्थ्य क्षेत्रको सुधारमा काम गरिएको कार्यक्रम निर्देशक सरस्वती पुरीले बताए ।

 

शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल
संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल
पोखरामा अमेरिकी नागरिकको मृत्यु
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

भर्खरै

  • १.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • २.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ३.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

  • ४.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

  • ५.
    सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

  • ६.
    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

  • ७.
    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

  • ८.
    आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.