• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

शल्यक्रिया बन्द हुँदा सेवाग्राही हैरान


शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित

काठमाडौं-  बर्दिबास अस्पतालमा प्रसूतिका लागि गराइने शल्यक्रिया बन्द हुँदा गरिब र निम्न आय हुने परिवारका लागि समस्या भएको छ । तीन सातादेखि सेवा बन्द हुँदा गरिब र निम्न आय हुने सर्वसाधारणलाई प्रसूतिका लागि निजी अस्पताल वा टाढाको सरकारी अस्पताल जानुपर्दा हैरानी भएको हो ।

Advertisement

यहाँको सेवा बन्द भएपछि शल्यक्रिया गरिनुपर्ने यस्ता महिलालाई चर्को शुल्क पर्ने निजी अस्पताल र टाढाको सरकारी अस्पताल जानुपर्ने बाध्यताले श्रमजीबि परिवारका लागि खर्चको जोहो गर्न कठिन भएको पीडित कल्पना विक बताउँछन्।

अस्पतालले गत साउनमा शल्यक्रियाबाट बच्चा निकाले पछि आमाहरूमा एकपछि अर्कोमा गर्दै सङ्क्रमण बढ्दै गएकाले यही भदौ १ गतेदेखि शल्यक्रिया बन्द गरेको हो । साउनमा शल्यक्रियाबाट सुत्केरी गराइएकामध्ये १० जनामा सङ्क्रमण देखिएकाले तत्काल यो सेवा (शल्यक्रिया) बन्द गरिएको अस्पताल प्रशासनले स्वीकार गरेको छ तर शल्यक्रिया गरिनपर्नेबाहेक अन्य सेवा भने यथावत रहेका अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा कृष्णा महर्जन बताउँछन् ।

‘शल्यक्रिया गरिएका सुत्केरी आमामा सङ्क्रमण देखिन थाल्यो, त्यसैले त्यसको निदानपछि फेरि सेवा सुरु गर्नेगरी तत्काललाई शल्यक्रिया रोकिएको हो,’ उनले भने । अस्पतालले गत साउनमा मात्रै दुई सयभन्दा बढी महिलालाई प्रसूति सेवा दिएकामा ८० जनाको शल्यक्रिया गरिएकोे थियो । शल्यक्रिया गरिएमध्येकै आठ÷दस जनामा सङ्क्रमण देखिएपछि भदौ १ गते नै यो सेवा रोकिएको डा महर्जनले बताए ।

शल्यक्रिया गरिएकामा सङ्क्रमण देखिन थालेपछि शल्यक्रिया कक्षको पानी र सुत्केरी सुताइने श्ययाको स्वाब परीक्षण गरिँदा जीवाणु भेटिएपछि यो सेवा बन्द गर्नु परेको अस्पताल प्रशासनले स्पष्ट पारेको छ । शल्यक्रियाकक्ष साँघुरो कोठामा सञ्चालन गरिएको र सरसफाइमा राम्रो ध्यान नदिँदा सुत्केरीमा सङ्क्रमण बढेको अस्पताल नजिकका सर्वसाधारण बताउँछन् । ‘अस्पतालले एकपछि अर्को सेवा थप्दै लगेपछि अब सरकारी अस्पतालमै राम्रो उपचार पाइने आश जागेको थियो,’ अस्पताल नजिककैकी एक गृहिणी भन्छन्, ‘तर अस्पतालको भर देखिएन ।’

साँघरो ठाउँमा आवश्यक सावधानी र सुरक्षाका उपाय अवलम्बनमा लापर्वाही गरिँदा नै सङ्क्रमण बढेको अस्पतालको सेवालाई नजिकबाट नियालिरहेका एक स्वास्थ्यकर्मीको भनाइ छ । अब यो सङ्क्रमण बढ्नाको कारण र यसमा भएको लापर्वाहीको खोजीनीति गरेर आवश्यक कारबाही नगर स्वास्थ्य शाखाले गर्नपर्ने सर्वसाधारणको टिप्पणी छ ।

यसैबीच अस्पताल प्रशासनले शल्यक्रियाकक्ष फराकिलो बनाएर सरसफाइ र आवश्यक मर्मतसम्भार गरिएको जनाएको छ । अब यो नयाँ कक्षको स्वाब परीक्षण गरेर सोको नतिजा ‘नेगेटिभ’ आए तत्काल सेवा सुरु गरिने अस्पतालका मेडिकल अधिकृत डा चन्द्रमणि खत्रीको भनाइ छ । ‘यो परीक्षणको नतिजा ‘नेगेटिभ’ आए त तत्काल शल्यक्रिया थालिन सक्छ, तर ‘पोजेटिभ’ आए अझै थप तयारी गरेरमात्र सेवा सुरु गर्न पर्छ,’ उनी भन्छन् ।

निजी अस्पताल सञ्चालकसँगको मिलोमतोमा जानाजान यस अस्पतालमा प्रसूतिका लागि शल्यक्रिया गरिँदा लापर्वाही गरिएको हुनसक्नेसम्मको लख काट्ने सर्वसाधारण पनि भेटिएका छन् । ‘बर्दिबास अस्पतालको सुत्केरी सेवाले यहाँ (बर्दिबास)का निजी अस्पतालको मुख्य आम्दानी नै मरेको थियो, त्यसैले अहिले बर्दिबास अस्पतालको साख गिराउन खेल भएको पनि हुनसक्छ,’ नाम नबताउने उक्त अस्पताल नजिकका एक सर्वसाधारण बताउँछन् । बर्दिबास नगरपालिकाको स्वास्थ्य शाखाले शल्यक्रिया गरिएका महिलामा भएको सङ्क्रमणबारे अनुसन्धन हुनुपर्ने सम्बद्ध अन्य व्यक्तिको पनि टिप्पणी छ ।

सुत्केरी सेवाका लागि मधेस प्रदेशमै बर्दिबास अस्पताल कहलिएको थियो । अस्पतालको सेवाबारे सकारात्मक सन्देश प्रवाह हुँदा यहाँ जिल्लाकै तल्लो भेगसम्मका र सर्लाही, धनुषा र सिन्धुलीसम्मका गर्भवती महिला जाँच र सुत्केरी सेवा लिन आउने गरेका थिए । अस्पतालको सेवाबारे बर्दिबास नगर नेतृत्वले सुविधा र नियमित अनुगमन बढाउन पर्ने स्थानीय सेवाग्राही बताउँछन् । आवश्यक पूर्वतयारी गरेर चाँडै यो सेवा सञ्चालनमा ल्याउन सर्वसाधारणले नगर नेतृत्वसँग माग गरेका छन् ।

शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.