• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

कलाकार यादवको प्रस्तुति हेर्न नपाएको भन्दै स्टेजमा तोडफोड


बुधबार, माघ ०५, २०७८ मा प्रकाशित

सुनसरी- सुनसरीको बर्जु गाउँपालिका-६ मा लागेको बर्जु महोत्सवमा भारतका भोजपुरी कलाकार खेसारीलाल यादव नआउने भएपछि तोडफोड र आगजनी भएको छ । आयोजकको पूर्वनिर्धारित कार्यक्रमअनुसार कलाकार यादव नआएपछि तोडफोड तथा आगजनी भएको स्थानीय सरोज चौधरीले बताउनुभयो ।

Advertisement

आक्रोशित सर्वसाधारणले आयोजकले कार्यक्रमको टिकट बिक्री गरी ठगी गरेको भन्दै महोत्सवमा तोडफोड गरेका हुन् । बर्जु–६ चिमडीस्थित रहेको बर्जु तालको परिसरमा पुस २३ गतेदेखि सुरु भएको उक्त महोत्सवमा हिजो यादव आउने प्रचारप्रसार गरेको थियो ।

बढ्दो कोरोनाको तेस्रो लहरका कारण सुनसरी प्रशासनले पुस २७ गतेदेखि महोत्सवमा रोक लगाएको भए पनि सुनसरी प्रशासनको नियमलाई अटेर गर्दै सामाजिक विकास केन्द्रको अगुवाइमा महोत्सव जारी नै रहेको थियो ।

यादवलाई हेर्न हिजो बिहानैदेखि सर्वसाधारणको भीड लागेको भए पनि गायक तथा कलाकार यादवलाई मोरङको एक होटलमा रोकेर राखिएको थियो ।

कलाकार यादवको प्रस्तुति हेर्न नपाएपछि दर्शकले आक्रोशित बन्दै स्टेजमा तोडफोड गरेका हुन् । कार्यक्रम तथा प्रस्तुति हेर्नका लागि सुनसरीका विभिन्न पालिकाका सर्वसाधारणको भीड लागेको थियो ।

आक्रोशित दर्शकको भीडले चारवटा भारतीय नम्बरको स्कारपिओ, एउटा सिटिसफारी, एउटा मोटरसाइकल र एउटा साइकल तोडफोड गर्नुका साथै एक हजार वटा प्लास्टिकको कुर्सी, स्टेज साउण्ड सिस्टम र दुईवटा जेनेरेटर पूर्णरूपले नष्ट गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय दुहबीको बा १ झ १४१२ नम्बरको स्कारपियो पिकअप गाडीको अगाडिको सिसामा क्षति पुगेको उहाँले बताउनुभयो । कोरोनाका कारण महोत्सव रोक्न भनिएकामा आयोजकले अटेर गरेका कारण कलाकार हेर्न उर्लिएको भीड आक्रोशित बन्दा पछिल्लो घटना सिर्जना हुन पुगेको सुनसरी प्रशासनले जनाएको छ । प्रहरीले तोडफोडमा उत्रिएको भीडलाई हटाउने प्रयास गरे पनि आक्रोशित भीडले प्रहरीलाई प्रवेश नदिएको बताइएको छ ।

आक्रोशित भीड साम्य भएपछि अवस्था नियन्त्रणमा आएको जनाइएको छ । महोत्सवमा भएको तोडफोड तथा आगजानीमा रु चार करोडभन्दा बढीको क्षति भएको स्थानीयवासीले अनुमान गरेका छन् ।

बुधबार, माघ ०५, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.