काठमाडौं- पर्वत मोदी गाउँपालिका-५ अम्बोटस्थित सडकमा ग.२ ख १०१३ नम्बरको बसले ग.६ प ५५७३ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक पर्वत माहाशिला गाउँपालिका-२ भोक्सीङ बस्ने ३८ वर्षीय प्रितम गुरुङको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल पर्वतमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा ना.२२ प ६०६८ नम्बरको मोटरसाइकल सोमाबर दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार मनहरी गाउँपालिका-६ बस्ने २५ वर्षीय मिलन मगर भन्ने नबिन कुमार पुर्वाखनेको मृत्यु भएको छ । को.२ च २७८० नम्बरको गाडीलाई उक्त मोटरसाइकलले ओभर ट्याक गर्ने क्रममा सोही गाडीमा ठोक्किएर अनियन्त्रित भई ना.६ ख ४९६० नम्बरको ट्रकमा समेत ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका पुर्वाखनेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय मनिक थिङको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी पश्चिम सरावल गाउँपालिका-१ हरकट्टापुलस्थित सडकमा लु.१ ख ७१७९ नम्बरको माईक्रोबसले लु.५४ प १२२ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बर्दघाट नगरपालिका-९ भुताहा बस्ने ४२ वर्षीय उमाशंकर गिरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । माईक्रोबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उदयपुर कटारी नगरपालिका-८ बिजुलेस्थित सडकमा बा.१० च ४१८८ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा गाडीमा सवार कटारी नगरपालिका-८ पाखाटोल बस्ने ३८ वर्षीय बिक्रम राना मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।