Advertisement
काठमाडौं– विश्व हिन्दू महासंघकी अध्यक्ष अस्मिता भण्डारीलाई महासंघको भारत उत्तरप्रदेश च्याप्टरले बधाइ ज्ञापन गरेको छ।
भण्डारी महासंघको नेपालस्थित अन्तर्राष्ट्रिय एकाइकी अध्यक्ष नियुक्त भएकामा उक्त च्याप्टरले लिखित सन्देश पठाउँदै बधाइ ज्ञापन गरेको हो।
सन्देशमा नेपाल पुनः हिन्दू राष्ट्र घोषणा हुने आशा व्यक्त गरिएको छ। र, भण्डारीको अध्यक्षतामा महासंघले उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरिएको छ।