काठमाडौं -पाँचथर मिक्लाजुङ गाउँपालिका-४ मुडेगाँउ बस्ने प्रकाश राईको गोठ र घरमा शुक्रबार बिहान आगलागी हुँदा गाई गोठ र घर पूर्ण रुपमा जलेर करिब ४५ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ । प्रकाश राईले गोठमा पानी तताउन बालेको आगोबाट उक्त आगलागी भएको भन्ने बुझिएको छ ।
Advertisement
नुवाकोट ककनी गाउँपालिका-१ जलकिमीस्थित ३९ वर्षीय पुरषोतम फुयाँलको गणपती पोल्ट्री फर्ममा शुक्रबार बिहान आगलागी हुँदा करिब ३ हजार बोईलर कुखुरा, कुखुरालाई पानी खुवाउने ५० थान भाँडा, दाना दिने ५० थान भाडा जलेर करिब ७ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ
स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।