रुपन्देही – सिद्धार्थनगर नगरपालिका-८ बर्मेलटोलस्थित सडकमा यूपि ४२ एटि ४३५२ नम्बरको ट्रकले लु.१८ प ५७१६ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक ओमसतिया गाउँपालिका-१ बस्ने ४० वर्षीय जिवराज बस्यालको घटनास्थलमै मृत्यु भएको छ ।
Advertisement
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।