संखुवासभा – सभापोखरी गाउँपालिका-३ बाह्रबिसेस्थितमा निर्माणाधिन स्वास्थ्य चौकी भवनमा निरीक्षण गर्ने क्रममा करेन्ट लागेर ललितपुर गोदावरी बस्ने सप्तरी घर भएका सिभिल ईन्जिनियर २८ वर्षीय अनिल ठाकुरको बिहीबार दिउँसो मृत्यु भएको छ ।
Advertisement
उक्त निर्माणधिन भवनको गाह्रोमा चढी निरीक्षण गर्ने क्रममा बिद्युत प्रसारण लाईनको तारमा पर्न गई करेन्ट लागेर बेहोस भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको छ ।