भक्तपुर – सूर्यविनायक नगरपालिका-६ पाण्डुबजार हाईटस्थित धनमाया चौगुठीको घरबाट करिब ४ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
Advertisement
घरको तेस्रो तलाको कोठामा ढोका खुल्ला रहेको अवस्थामा दराजको लक फोडेर उक्त धनमाल चोरी भएको भन्ने खबर बिहीबार बिहान प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।